एनसेलद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति,  १८ शिर्षकमा सम्मान, १ करोड ३० लाख दिइँदै

बिजमाण्डू
२०७६ असार १८ गते १२:३८ | Jul 3, 2019
एनसेलद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति,  १८ शिर्षकमा सम्मान, १ करोड ३० लाख दिइँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेल प्रालिले ईन्जिनियरिङ् अध्ययन संस्थान पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ। 

कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजन गरेको हो। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान विद्यार्थीका अभिभावक,  प्राध्यापक र अन्य पाहुनाहरुको माझ प्रदान गरिएको हो। 

एनसेलले २०७६ सालदेखि २०८० सालसम्म  ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ। यसअघि एनसेलले उत्कृष्ट विद्यार्थीहरुलाई २०७१ देखि २०७५ सम्म ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो। 

प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ। 

२०७१ देखि २०७५ सम्मको पाँच वर्ष अवधिमा ६० जना विद्यार्थीहरुले एनसेल छात्रवृत्ति पाएका छन् भने २० जना विद्यार्थीहरु एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन्।

एनसेल छात्रवृत्ति एनसेलका प्रमुख प्रविधि अधिकृत मुहम्मद अदील इस्रार, वित्तिय प्रमुख कनिश्क गयान विक्रमा, चिफ स्ट्राटिजी अफिसर इरविन एम युसुफ र सुरक्षा तथा प्रशासन प्रमुख महेन्द्रकुमार भट्टचनले प्रदान गरेका थिए।  एनसेल उत्कृटता सम्मान ईन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन प्राध्यापक रामचन्द्र सापकोटा र एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले संयुक्तरुपमा विद्यार्थीहरुलाई प्रदान गरेका थिए।

१८ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, कम्प्युटर, सिभिल र मेकानिकल संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ। उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ।