नेपाल-चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्वाचित




काठमाडौं। नेपाल–चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन्। संघको सोमबार भएको वार्षिक साधारणसभाले तुलाधारलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

संघको वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभूषण चाकुवाजी, महासचिव विवेक पौडेल र कोषाध्यक्ष जगतबहादुर श्रेष्ठ चयन भएका छन्। कार्यसमिति सदस्यमा अभिनव राणा, अन्जु पौडेल, विजय मुल्मी, ज्ञानेन्द्रलाल प्रधान, हुवाङ एर टोङ, लीमा अधिकारी, मदन मित्तल, मनिस राजभण्डारी, निराजन तिवारी, पासाङ नोर्बु, रवीन श्रेष्ठ, राजेन्द्रमान शेरचन, विक्रम पाण्डे, रमेश शर्मा, सोफी उपाध्याय, सोभित उप्रेती, सुमितकुमार अग्रवाल तथा ज्ञानेन्द्ररत्न तुलाधर निर्वाचित भएका छन्।

Sipradee
LOTSE

नेपाल तथा चीनबीचको आर्थिक, व्यापारिक तथा पर्यटन प्रवद्र्धनका लागि सन् १९९९ मा सङ्घको स्थापना भएको हो। नवनिर्वाचित अध्यक्ष तुलाधारले चीनका विभिन्न सङ्घ सङ्गठनसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधिमण्डल आदान–प्रदान, व्यापार मेलामा सहभागिता जनाइ दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने बताए।


Share this Story

   

नेपाल-चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्वाचित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.