अनुमति विना संचालनमा रहेका पोर्टफोलियो कम्पनीसँग काम नगर्न धितोपत्र बोर्डको आग्रह

बिजमाण्डू
२०७६ असार ९ गते २०:१८ | Jun 24, 2019
अनुमति विना संचालनमा रहेका पोर्टफोलियो कम्पनीसँग काम नगर्न धितोपत्र बोर्डको आग्रह



काठमाडौँ।नेपाल धितोपत्र बोर्डको अनुमति विना लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट)को काम नगर्न सचेत गराएको छ।बोर्डले सोमबार एक सूचना प्रकाशित गर्दै गैरकानुनी कार्यप्रति सचेत रहन आग्रह गरेको छ।

Tata
GBIME
Nepal Life

बजारमा लगानी व्यवस्थापनको अनुमति विना कार्य हुने गरेको गुनासो लगानीकर्ताबाट आएपछि बोर्डले सचेत गराएको जनाएको छ। 'बोर्डवाट धितोपत्र व्यवसाय (लगानी व्यवस्थापन)को कार्य गर्न अनुमतिपत्र प्राप्त नगरी कतिपय संस्थाहरूले लगानी व्यवस्थापनको कार्य गरेको भन्ने गुनासो प्राप्त भएको सन्दर्भमा बोर्डबाट अनुमतिपत्र प्राप्त नगरी लगानी व्यवस्थापन गर्ने कार्य गैरकानुनी भएको सबैलाई सूचित गरिन्छ'बोर्डले सूचनानामा भनेको छ।

दर्ता नभएका संस्थामार्फत सेवा लिँदा जोखिम हुने भन्दै सेवा लिँदा दर्ता भए नभएको यकिन गर्न  बोर्डले सुझाएको छ।'बोर्डबाट अनुमतिपत्र प्राप्त नगरेका संस्थामार्फत लगानी गर्दा लगानीकर्ताहरूको लगानी जोखिममा पर्न सक्ने जनाएको छ।

यसैगरी अनुमति विना लगानी व्यबस्थपनको काम गरेको देखिएमा सूचित गर्न समेत बोर्डले सर्वसाधरणलाई अनुरोध गरेको छ।'कसैले त्यसरी गैरकानुनी रूपमा लगानी व्यवस्थापनको कार्य गरेको देखेमा बोर्डमा खबर गरिदिनुहुन अनुरोध गरिन्छ।'