क्लिनफिडका विरुद्धमा केवल सेवा प्रदायक, २४ घण्टा विदेशी च्यानल प्रशारणमा रोक

बिजमाण्डू
२०७६ असार ९ गते २०:१० | Jun 24, 2019
क्लिनफिडका विरुद्धमा केवल सेवा प्रदायक, २४ घण्टा विदेशी च्यानल प्रशारणमा रोक


काठमाडौं।सरकारले ल्याउन लागेको प्रस्तावित विज्ञापन ऐन २०७६ विरुद्ध टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले विदेशी च्यानल प्रशारणमा रोक लगाएर विरोध थालेका छन्।

Tata
GBIME
Nepal Life

ऐनमा ल्याउन लागिएको 'क्लिन फिड' विरुद्ध विरोध जनाउँदै विदेशी च्यानल प्रशारण २४ घण्टालाई बन्द गरेका छन्। क्लिनफिड नीतिका विरुद्धमा डिसहोम,सुविसु,म्याक्स टिभी,मेरो टिभी लगायतका विभिन्न सेवा प्रदायकले विदेशी च्यानलको प्रशारण रोकेका हुन्।सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मका लागि विदेशी प्रशारण हुने छैन्।इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका संयोजक क्लिनफिड कार्यान्वयनमा ल्याउने विषयमा सरोकारवालासँग छलफल नगरि एकतर्फी ल्याएको बताए।

उनले भने, 'हामी क्लिनफिड लागू नहोस् भन्ने पक्षमा होइनौँ। हामीले ल्याउने च्यानल नै क्लिनफिड दियो भने हामी प्रशारण गरिहाल्छौँ। तर सरकारले हामीलाई बोलाएर प्रविधी, लगानी लगायतका विषयमा छलफल गर्नुपर्छ। तर यो त योजना विना नै घोषणा गरियो। सरकारले विदेशी लगानीलाई उत्प्रेरित गर्‍यो तर स्वदेशमै भएको अर्बौँको लगानीमा ध्यान दिएन।'     

उनका अनुसार नेपाली टेलिभिजन च्यानल सेवा प्रदायक कम्पनीले हाल ८५ प्रतिशत विदेशी च्यानल विक्री गर्दै आएको छ। अहिले यो क्षेत्रमा २५ अर्ब भन्दा बढी लगानी रहेको उनले बताए। 'सरकारले क्लिनफिड लागू गर्दा विदेशी च्यानल हेर्दै आएका सेवाग्राहीले एकाएक च्यानल प्रयोग गर्नै छोड्छन्।यो उद्योगनै धरासायी अवस्थामा पुग्नेछ।' उनले भने।

सुवेदीले प्राविधिक रुपमा कठिन विषयलाई कार्यान्वयनमा लुयाउन बाध्यकारी बनाउन खोजेको बताए।‘विदेशी च्यानललेनै क्लिनफिड नदिई हामीले कसरी कार्यान्वयनमा ल्याउने?’ उनले प्रश्न गरे।म्याक्स टिभीका अध्यक्ष भारतीय दूतावासले भारतीय च्यानल बन्द गरेको बारेमा प्रश्न गरिसकेको बताउँदै यसले समस्या ल्याउन थालिसकेको बताए।