बैंकर्स अध्यक्ष ढुङ्गाना: व्यवसायी कालीदास जस्ता भए, आफै बसेको रुखको हाँगा काट्न थाले

बिजमाण्डू
२०७६ असार ९ गते १२:५८ | Jun 24, 2019
बैंकर्स अध्यक्ष ढुङ्गाना: व्यवसायी कालीदास जस्ता भए, आफै बसेको रुखको हाँगा काट्न थाले

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकले निक्षेपको ब्याज दरमा 'कार्टेलिङ' गरे भन्ने व्यवसायीको आरोपको खण्डन गर्दै बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले उनीहरुलाई 'कालीदास' को संज्ञा दिएका छन्।

मौद्रिक नीतिअघि आयोजित कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान र चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बैंकहरुले कार्टेलिङ गरिरहेको आरोप लगाएका थिए।

उनीहरुको आरोपलाई खण्डन गर्दै ढुङ्गानाले भने- 'तपाईहरु त कालीदास हुनुहुँदो रहेछ।'

'ऋणको ब्याज धेरै माथि जानु हुँदैन भनेर हामीले सामाजिक उत्तरदायित्व पालना गर्दै निक्षेपको ब्याजमा भद्र सहमति गरेका हौं' उनले भने, 'बिस्तारै ऋणको ब्याज घटिरहेको पनि छ। तर तपाईहरु कार्टेलिङ भन्नु हुन्छ। माफ गर्नु होला तपाईहरुलाई म कालीदास भन्न चाहन्छु किनभने तपाईहरु आफै बसेको हाँगा काट्न थाल्नु भयो।'

उनले बैंकहरुले कमाएको नाफाका बारेमा भ्रम रहेको समेत बताए। १०० अर्बको कारोबारमा बैंकहरुले १ अर्ब नाफा गरेका हुन् भन्दै उनले यसलाई भ्रामक हिसाबले प्रचार गरिएको बताए।