आँधिखोला र घोडीघोडा लघुवित्तलाई आइपिओ जारी गर्न अनुमति, ५ करोड ३२ लाखको आइपिओ आउने

बिजमाण्डू
२०७६ असार ६ गते १९:१९ | Jun 21, 2019
आँधिखोला र घोडीघोडा लघुवित्तलाई आइपिओ जारी गर्न अनुमति, ५ करोड ३२ लाखको आइपिओ आउने

Tata
GBIME
Nepal Life

काठमाडौं। आँधिखोला लघुवित्त र घोडीघोडा लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशनका लागि अनुमति पाएका छन्।

नेपाल धितोपत्र बोर्डले आँधिखोलालाई चार करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको छ भने घोडीघोडालाई एक करोड ३२ लाख ६० हजार रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिइएको छ।

आँधिखोलाले ४० प्रतिशत प्राथमिक शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी १० करोड रुपैयाँ पुर्याउने छ भने घोडीघोडाले ४८ प्रतिशत प्राथमिक शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी दुई करोड ७६ लाख रुपैयाँ पुग्नेछ।

आँधिखोलाले प्राथमिक शेयर निष्काशनका लगि गरेको क्रेडिट रेटिङ अनुसार ‘इक्रा एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ। दुई वर्ष अघि उद्घाटन गरेको यो लघुवित्तले १० वटा जिल्लामा वित्तीय सेवा प्रदान गर्ने गरि अनुमति पाएको थियो। संस्थाले हाल १९ वटा शाखा कार्यलय मार्फत वित्तीय सेवा दिदै आएको छ। रेटिङ एजेन्सीका अनुसार संस्थाको संस्थापक शेयरधनीहरु ३८ जना रहेका छन्।

बोर्डबाट अनुमति पाए सँगै दुबै कम्पनीले छिट्टै प्राथमिक शेयर निष्काशन गर्न सक्ने छन्।