नेपाल जर्मन चेम्बरमा अनुपबहादुर मल्ल चयन, अरु को/को भए चयन?

बिजमाण्डू
२०७६ असार ६ गते १३:०४ | Jun 21, 2019
नेपाल जर्मन चेम्बरमा अनुपबहादुर मल्ल चयन, अरु को/को भए चयन?


Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजको अध्यक्षमा अनुपबहादुर मल्ल चयन भएका छन्। चेम्बरको २५औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चुनिएका हुन्

।संघको सदस्यहरुमा ज्ञानेन्द्रलाल प्रधान,सन्तोषचन्द्र कुँवर, नरेशलाल श्रेष्ठ, कविन्द्रनाथ ठाकुर, उत्तम भट्टराई, समिकबिक्रम शाह, भक्तबहादुर हमाल, एलेक्सलाल मोक्तान, प्रमोदराज सत्याल, ताइजेस सुन्दरलाल कक्षपति र सुवाशिस थपलिया चयन भएका छन्।साधारणसभा कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जर्मन नेपालको ठूलो व्यापारिक साझेदार रहेको बताउँदै अहिले व्यापार घाटा रहेको बताए।उनले विगतमा व्यापार नाफा रहेको मुलुक घाटामा गएकोतर्फ सचेत भएर निकासी बढाउन सुझाब दिए।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यूरोपेली मुलुक नेपालमा जलविद्युत, पर्यटन कृषि र पूर्वाधारका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएकी छन्।नेपालका लागि जर्मनीका राजदुत रोलाण्ड शेफरले नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएको बताए।