पाँच तारे होटल हायातमा बल्ल मिल्यो विवाद, होटलले लिन थाल्यो बुकिङ

बिजमाण्डू
२०७६ असार ५ गते १९:२८ | Jun 20, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं।मजदुर युनियन र व्यवस्थापनबीच विहिबार सहमति भएपछि काठमाडौंको पाँचतारे होटल हायात पूर्ण रुपमा संचालनमा आएको छ।

बुधबार मजदुर युनियन काममा फर्किएपनि व्यवस्थापनले सुरक्षाको ग्यारेन्टी नभएसम्म होटल नखोल्ने अडान लिएपछि विहिबार दुबै पक्षबीच छलफल भएको थियो। विहिबार दुई पक्षबीच भएको छलफलमा सौहार्दपूर्ण रुपमा अघि बढ्ने प्रतिवद्धता जनाएपछि होटल संचालनमा आएको होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले जानकारी दिए।

उनका अनुसार होटलका लागि बुकिङ समेत सुरु भइसकेको छ।कर्मचारीले गत जेठ २९ गतेदेखि हड्तालमा उत्रिएपछि व्यवस्थापनले होटल बन्द गरेको थियो। होटलमा रहेका पर्यटक याक एण्ड यतिमा सारिएको थियो।