ग्लोबल आइएमई बैंकले १७ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्यायो

बिजमाण्डू
२०७६ असार ५ गते १८:५६ | Jun 20, 2019
ग्लोबल आइएमई बैंकले १७ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्यायो

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा १७ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।

बैंकले सिराहाको सन्हैठाचोक,कालिकोटको रेगिल,पर्साको मनवाबजार,पर्वतको राम्जा ठाँटी,परासी जिल्लाको जर्गाहा, संखुवासभाको लोहाकोट, पाल्पाको वीरकोट, गुल्मीको पराल्मी, मोरङ्गको लक्ष्मीमार्ग,झापाको भृकुटी चोक, तनहुँको देबघाट, उदयपुरको हडियाबजार, तनहुँकै नेपालटार,चितवनको भालुमारे, चितवनकै शक्तिखोर र गुल्मीको चोरकाटेमा शाखारहित बैंकिङ सेवाको संचालनमा ल्याएको हो।

योसँगै शाखारहित बैंकिङ सेवाको संख्या १५५ पुगेको छ । बैंकले दमक शाखा, कपनको साततले र वीरगंजको नारायणी क्षेत्रीय अस्पताल परिसरमा एटिएम सेवा संचालनमा ल्याएको छ।

शाखारहित बैकिङ निक्षेप खाता खोल्ने,तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भूक्तानी गर्ने, विभिन्न विल भूक्तानी महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ।