सडक कालोपत्र गर्ने अलकत्रा पाएनन् ठेकेदारले, बर्षको अन्त्यमा देशभरकै निर्माण कार्य प्रभावित

बिजमाण्डू
२०७६ असार ४ गते १७:५२ | Jun 19, 2019
सडक कालोपत्र गर्ने अलकत्रा पाएनन् ठेकेदारले, बर्षको अन्त्यमा देशभरकै निर्माण कार्य प्रभावित

Tata
GBIME
Nepal Life

काठमाडौं। देशभर निर्माण सामाग्रीको अभाव भएको निर्माण ब्यवसायीहरुले बताएका छन्। सामाग्री अभावले निर्माण कार्य प्रभावित भएको भन्दै समस्या समाधानका लागि तत्काल ठोस कदम चालिदिन उनीहरुले सरकारसँग माग गरेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघले केहि दिनदेखि सडक कालोपत्रे (पीच) कार्यमा अत्यावश्यक विटुमिन (अलकत्रा) आयात नहुँदा ठूलो समस्या परेको जनाएको छ।

नदिजन्य निर्माण सामाग्रीहरु असारको सुरुवातदेखि नै उत्खनन कार्य बन्द भएकाले देशभरका व्यवसायीहरु थप मारमा परेको महासंघले विज्ञप्तिमा जनाएको छ। जतिसक्दो छिटो विटुमिन आयात तथा अन्य निर्माण समाग्री सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाई निर्माण कार्यलाई सहज बनाईदिन महासंघले भनेको छ। 

आर्थिक बर्ष समाप्त हुनै लाग्दा निर्माण कार्यमा देखापरेका यस्ता समस्याले देशभरका निर्माण व्यवसायीहरु ठूलो आर्थिक मारमा परी राज्यकै अर्थतन्त्रमा नकरात्मक प्रभाव पर्ने तर्क महासंघले दिएको छ।