तारागाउँ रिजेन्सी होटल्स सुचारु, कर्मचारीको तलब प्रत्येक २ बर्षमा ९ प्रतिशतले बढाउने सहमति

बिजमाण्डू
२०७६ असार ४ गते १४:१७ | Jun 19, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। तारागाउँ रिजेन्सी होटल्स बुधबारबाट सुचारु भएको छ। मजदुर युनियनको हड्तालका कारण ह्यात होटल बन्द भएको थियो। यस बारेमा होटल ब्यवस्थापनले नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको थियो।

मजदुरको माग संवोधन गर्ने बिषयमा छलफल गरिने भएपछि होटल खुलेको हो। प्रत्येक दुई बर्षमा नौं प्रतिशतका दरले तलब बढाउने सहमति भएको स्रोतले बतायो। होटल खोल्ने बिषयमा मंगलबार साँझ नै सहमति भएको थियो।

होटल खुलेसँगै बुधबारबाट रिजर्भेसन सुरु भएको छ। होटलमा पाहुनाहरु बिहीबारबाट आउने स्रोतले जनायो।

होटल्सले गत जेठ ३० गतेदेखि गैरकानुनी हड्ताल र नाराजुलुसका कारण होटलका सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम कारवाही प्रभावित भएर होटल बन्द गर्नुपरेको जनाएको थियो।

होटलले आवश्यक सेवा सुविधा पुर्याउन नसक्ने स्थिती भएकाले रिजर्भेसन समेत बन्द गरिएको थियो। व्यवस्थापनका अनुसार होटलमा कार्यरत १ देखि ४ तहसम्मका कामदार हड्तालमा उत्रिएका थिए।