नेप्सेको अनलाइन प्रयोगकर्ता ९ हजार, आर्यताराका लगानीकर्ता सबैभन्दा प्रविधिमैत्री

बिजमाण्डू
२०७६ असार ४ गते ०९:०१ | Jun 19, 2019
नेप्सेको अनलाइन प्रयोगकर्ता ९ हजार, आर्यताराका लगानीकर्ता सबैभन्दा प्रविधिमैत्री

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल स्टक एक्सचेन्जको अनलाइनबाट शेयर खरिद बिक्री गर्ने लगानीकर्ताको संख्या ८ हजार ९९८ जना पुगेको छ। जेठ ३१ गतेसम्म ५० वटा ब्रोकरमध्ये सबैभन्दा धेरै आर्यतारा इन्भेष्टमेन्ट सेक्युरिटिजको अनलाइन प्रयोगकर्ता ९५४ जना पुगेका छन्। 

दोस्रो बजार बढ्न थालेसँगै ब्रोकर कार्यालयनमा अनलाइन प्रणाली लिनको लागि नयाँ तथा पुराना लगानीकर्ताको भिड लाग्ने गरेको छ। अनलाइन सुरु भएको केहि समय युजरनेम र पासवर्ड दिनै नमानेका ब्रोकरले पछिल्लो समय अनलाइनको लागि आवेदन दिने जतिलाई युजरनेम र पासवर्ड प्रदान गरिरहेका छन्।

लगानीकर्ताहरु विस्तारै अनलाइन प्रणालीप्रति अभ्यस्त हुँन थालेसँगै प्रयोगकर्ता बढ्न थालेका हुन्। केहि समय ब्रोकरहरुले नेप्सेलाई दोस देखाउँदै लगानीकर्ताहरुलाई प्रणाली दिन मानेका थिएनन्। नेप्सेले अनलाइन प्रणली दिने जिम्मा ब्रोकरहरुलाई नै सुम्पिए पछि अनलाइको प्रयोगकर्ता बढेका हुन्। 

नेप्सेले शेयर खरिद गर्दाको पैसा नेपाल क्लियरिङ हाउस मार्फत अनलाइन भुक्तानीको प्रणाली निर्माण गरेको छ। केहि समय पछि शेयर बिक्री गर्दा प्राप्त हुने रकम पनि अनलाइन प्रणालीबाटै भुक्तानी हुने व्यस्था मिलाउनेछ।

ब्रोकरनम्बर

अनलाइनप्रयोगकर्ता

ब्रोकरनम्बर

अनलाइनप्रयोगकर्ता

57

954

53

98

49

743

46

90

34

728

54

89

38

671

11

77

52

529

21

77

42

340

18

72

36

326

51

71

45

316

33

70

14

309

37

67

41

246

55

66

29

231

10

62

58

222

43

61

50

202

40

60

26

186

1

59

35

179

28

59

44

177

6

51

59

175

13

48

16

170

7

42

25

157

4

39

22

140

5

39

39

140

47

39

48

119

8

21

56

116

3

19

32

106

19

18

17

104

20

18