ब्रोकर लाइसेन्सको अनुमति १० वटा बाणिज्य बैंकले पाए, नेप्सेले अझैसम्म बनाउन सकेन कार्यविधि

बिजमाण्डू
२०७६ असार ३ गते १५:०७ | Jun 18, 2019
ब्रोकर लाइसेन्सको अनुमति १० वटा बाणिज्य बैंकले पाए, नेप्सेले अझैसम्म बनाउन सकेन कार्यविधि

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले १० वटा बाणिज्य बैंकहरुलाई सहयक कम्पनीको रुपमा ब्रोकरको काम गर्ने गरी अनुमति प्रदान गरेको छ। १९ वटा बैंकहरुले निवेदन दिएकोमा सिभिल बैंकको प्रकृयामा छ भने ८ वटाले निवेदन दिएर बसेका छन्। 

राष्ट्र बैंकबाट अनुमति लिएर सानिमा बैंक, एनआइसी एशिया, प्रभु बैंक र सिटिजन बैंकले सहायक स्थापना गरेर नेप्सेमा नवेदन दिइसेका छन्। बाँकी बैंकहरु सहायक कम्पनी खोल्ने तरखरमा छन्। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गरेको थियो। आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले चालु आर्थिक वर्षको उपलब्धिका रुपमा १९ वटा बाणिज्य बैंकहले ब्रोकर लाइसेन्सका लागि प्रकृया अगाडि बढाएको जनाएको छ। 

राष्ट्र बैंकले ब्रोकर लाइसेन्सको लागि धमाधम अनुमति दिए पनि नेपाल स्टक एक्सचेन्जले बैंकलाई कसरी ब्रोकर लाइसेन्स प्रदान गर्ने विषयमा अझै कार्यविधि तयार पार्न सकेको छैन। ब्रोकर लाइसेन्सका लागि नेप्सले धितोपत्र बोर्डमा सिफारिस गर्नु पर्छ। यसका लागि दुबै निकाय उत्तीकै जिम्मेवार हुन्छन्। 

हाल ५० वटा ब्रोकरले मात्रै दोस्रो बजारमा शेयर खरिद बिक्रीको काम गर्दै आएका छन्। दोस्रो बजार उपत्यका भन्दा बाहिर जान नसकेको भन्दै लगानीकर्ताहरुले बैंकलाई ब्रोकर लाइसेन्स लिनु पर्ने माग राख्दै आएका थिए। 

लगानीकर्ताको माग संवोधन गर्दै शेयर बजार मैत्री गभर्नर डा. चिरञ्जीवी नेपालले चालु आर्थिक वर्षको मौद्रिक नीतिमै बाणिज्य बैंकले सहायक कम्पनी स्थापना गरि ब्रोकरको काम गर्न पाउने व्यवस्था गरिदिएका थिए। 

क्र.स..

बाणिज्य बैंकको नाम

अवस्था

1

नविल बैंक

2076.01.04

2

कृषि विकास बैंक

2076.01.08

3

हिमालयन बैंक

2075.11.12

4

नेपाल बंगलादेश बैंक

2075.11.01

5

माछापुच्छ्रे बैंक

2075.11.06

6

लक्ष्मी बैंक

2075.11.12

7

सिटिजन बैंक

2075.10.24

8

सनराइज बैंक

2075.11.01

9

सिभिल बैंक

On Process

10

नेपाल इन्भेष्टमेन्ट बैंक

Approval Given

11

बैंक अफ काठमाडौं

Approval Given

12

एनआइसी एशिया बैंक

Approval Given

13

कुमारी बैंक

Approval Given

14

सिद्धार्थ बैंक

Approval Given

15

ग्लोबल आइएमइ बैंक

Approval Given

16

जनता बैंक

Approval Given

17

मेगा बैंक

Approval Given

18

सेञ्चुरी बैंक

Approval Given

19

सानिमा बैंक

Approval Given