हुण्डाइका गाडी किन्नेलाई एक लाख रुपैयाँसम्म नगद छुट, ल्यायो मनसुन डिलाइट योजना

बिजमाण्डू
२०७६ असार ३ गते १४:५४ | Jun 18, 2019
हुण्डाइका गाडी किन्नेलाई एक लाख रुपैयाँसम्म नगद छुट, ल्यायो मनसुन डिलाइट योजना

Tata
GBIME
Nepal Life

काठमाडौं। हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मनसुन लक्षित योजना हुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ। 

योजना अन्तर्गत ग्राहकले स्क्राच कार्ड मार्फत् १ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्ने छन्। योजना अन्तर्गत एक्सचेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन्। 

ग्राहकहरुलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको पनि सुविधा प्रदान गरिने विज्ञप्तिम उल्लेख छ। सबै हुण्डाई गाडीहरुमा ४ वर्षको निःशुल्क सर्भिसिङ तथा ३ वर्षको वारेन्टी उपलब्ध गराइने कम्पनीले जनाएको छ। 

लक्ष्मी इन्टरकन्टिनेन्टलको देशभरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु छन्।