पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल, डिजल र मट्टितेल २ रुपैयाँले सस्तो, ग्यास यथावत

बिजमाण्डू
२०७६ असार १ गते २०:३० | Jun 16, 2019
पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल, डिजल र मट्टितेल २ रुपैयाँले सस्तो, ग्यास यथावत

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रति लिटर दुई रुपैयाँले घटाएको हो।

निगमका अनुसार अब पेट्रोल एक लिटरको १०८ रुपैयाँ पर्छ। यसैगरी डिजेल र मट्टितेल प्रति लिटर ९६ रुपैयाँ ५० पैसा पर्दछ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले जारी गरेको विज्ञप्तीमा घटाइएको मूल्य आइतबार मध्यरातदेखि लागू हुने उल्लेख छ।

निगमले १५ दिनअघि पनि भाउ घटाएको थियो। अघिल्लोपटक मूल्य समायोजन गर्दा पेट्रोलको मात्रै मूल्य घटाएको थियो।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।