साउनबाट करमा दर्ता हुने सबैको बायोमेट्रिक विवरण संकलन हुने, बिल नलिने पनि कारवाहीको भागिदार




काठमाडौं। सरकारले कर प्रशासनलाई पारदर्शी बनाउन  पहिलोपटक बायोमेट्रिक प्रणाली सुरु गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट र आर्थिक विधयेकमार्फत स्थायी लेखा नम्बर (प्यान) लिई कारोबार गर्ने करदाताको बायोमेट्रिक प्रणालीमा आवद्ध गरी लगत राख्ने व्यवस्था गरिएको हो।

'स्थायी लेखा नम्बर लिई कारोबार गर्ने व्यक्तिले तोकिएको अवधिभित्र विभागले तोकेबमोजिमको दर्ता सम्बन्धी विवरण बायोमेट्रिक प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ,' आयकर ऐनको संशोधन गर्दै आर्थिक ऐनमा भनिएको छ। प्यान लिएर कारोबार गर्ने करदातामाथि कडाईका लागि यो व्यवस्था अघि सारिएको हो।

Tata
Swostik Collage

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले आगामी साउन १ गतेदेखि दर्ता हुने सम्पूर्ण करदाताको बायोमेट्रिक दर्ता हुने जानकारी दिए। 'मूल्य अभिवृद्धि कर र स्थायी लेखा नम्बर लिने नयाँ करदातालाई बायोमेट्रिकमा दर्ता गराउँछौँ,' उनले भने, 'हामीले आवश्यक तयारीका काम अघि बढाइसकेका छौँ, छिट्टै उपकरण खरिदको प्रक्रिया अघि बढ्नेछ।'

विभागले बायोमेट्रिक प्रणालीसँगै पुराना करदाताको सूचना अध्यावधिक लागि पनि नयाँ फारम बनाउने भएको छ। नयाँ फारममा करदाताको सूचना अध्यावधिक गरी उनीहरुको बायोमेट्रिक दर्ता पनि गरिनेछ। 'मूल्य अभिवृद्धि करमा दर्ता भएका पूराना करदाताको विवरण अध्यावधिक गरी २०७७ असार मसान्तभित्रमा बायोमेट्रिक दर्ता गराउने प्रक्रियामा हामी अघि बढेका छौँ,' उनले भने, 'त्यसपछि स्थायी लेखा नम्बर लिएका पुराना करदाताको विवरण अध्यावधिक र बायोमेट्रिक दर्ताको काम अघि बढ्छ।'

बायोमेट्रिक प्रणाली कार्यान्वयनमा आएपछि करदाताको विद्युतीय हस्ताक्षर विभागले संकलन गर्नेछ। यसले करदाताको ट्रयाक गर्न सहज हुनेछ। कुनै करदाताले गल्ती गरे उसमाथि तत्‍काल कारबाहीको प्रक्रिया अघि बढाउन सहज हुने विभागको बुझाइ छ। 'हाम्रो कर प्रणाली स्वयं घोषणामा आधारित छ, यसमा करदातालाई थप जिम्मेवार बनाउन यो व्यवस्था अघि बढाइएको हो,' उनले भने।

कर प्रणालीलाई अझै पारदर्शी बनाउन बायोमेट्रिक प्रणाली कार्यान्वयन गर्न खोजिएको विभागको भनाइ छ। विभागले आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐनमा भएका परिवर्तन र त्यसलाई कार्यान्वयन गर्ने तयारीस्वरुप कार्यदल गठन गरी काम अघि बढाएको ढुंगेलले जानकारी दिए।

बिल नलिने खरिदकर्तालाई पनि जरिवाना प्रस्ताव

सरकारले नयाँ आर्थिक ऐनमार्फत खरिदमा बिल नदिने बिक्रेतासँगै बिल नलिने खरिदकर्तामाथि पनि कारबाहीको प्रावधान राखेको छ।

नयाँ व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले बिजक नदिएमा पटकै पिच्छे १० हजार रुपैयाँ र प्रापकले बिजक नलिएमा पटकै पिच्छे १ हजार रुपैयाँ जरिवाना हुनेछ। नेपालको कर इतिहासमा पहिलोपटक बिल नलिने ग्राहकमाथि जरिवाना गर्ने कानुनी व्यवस्था गरिएको हो। यसअघि बिल नदिनेमाथि मात्रै कारबाही हुने व्यवस्था थियो।

'मूल्य अभिवृद्धि करलाई प्रभावकारी बनाउन र यथार्थ बिल बिजक जारी हुने व्यवस्था गर्न यसपटक दुईवटा नयाँ व्यवस्था गरिएको छ,' ढुंगेलले भने, 'पहिलो भनेको बैंक कार्डबाट हुने भुक्तानीमा कूल मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता दिने र दोस्रो बिक्रेतासँगै खरिदकर्तामाथि पनि जरिवानाको प्रावधान हो।'

यसअघि भएका कानुनी व्यवस्थाअनुसार बिल नदिने बिक्रेतामाथि मात्रै कारबाही हुन्थ्यो। तर यो व्यवस्था प्रभावकारी नदेखेपछि सरकारले बिक्रेता र खरिदकर्ता दुवैलाई कारबाही गर्ने व्यवस्था गरेको हो। 'हामीले खरिदकर्ता भन्नाले उपभोक्ता मात्रै बुझ्नु हुँदैन, माथिल्लो तहबाट खरिद गरेर सामान बेच्ने तल्ला तहका बिक्रेता पनि यसको दायरामा पर्छन्,' उनले भने।


Share this Story

   

साउनबाट करमा दर्ता हुने सबैको बायोमेट्रिक विवरण संकलन हुने, बिल नलिने पनि कारवाहीको भागिदार को लागी २ प्रतिक्रिया(हरु)

rabi karki[ 2019-06-15 11:05:14 ]
भन्सार मा चाहिँ १०० रुपैया पर्ने सामान को मूल्य १० रुपैया राखेर भन्सार पास गर्ने अनि साना ब्यापारी लाई मात्र निचोर्नु यो उचित हो भन्सार ले नै ठुला ब्यापारी संग मिलेर अन्डर भ्याट बिल पठाउने अनि साना ब्यापारी लाई फुल भ्याट बिल तिराउने ।के देश मा धनी लाई कानुन लाग्दैन गरिब लाई मात्रै लग्ने?

   हालसम्म ११३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


sunil Ghimire[ 2019-06-14 01:14:19 ]
Aaj Jestha ko 31 gate. Sawan 1 Dekhi niyam lagu garne re. छिट्टै उपकरण खरिदको प्रक्रिया अघि बढ्नेछ।
Yati line matra padhda samay thorai bhayo ki jasto lagyo.

   हालसम्म ११० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.