गत दसैंमा मात्रै बढाएको सवारीको भाडा फेरि सरकारले बृद्धि गर्यो, २० प्रतिशतसम्म भाडा बृद्धि

बिजमाण्डू
२०७६ जेठ ३० गते १७:२८ | Jun 13, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडादर बृद्धि गरेको छ। 

विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा बिहीबार बसेको बैठकले उपत्यकाभित्र र बाहिर सबै ठाउँमा लागु हुने गरी भाडादर वृद्धि गर्ने निर्णय गरेको हो। यातायात व्यवसायी, ट्राफिक, उपभोक्ताकर्मीको उपस्थितिमा भाडादर वृद्धि गर्ने निर्णय गरिएको हो।
 
भाडादर समायोजन समितिका संयोजक तथा उपहानिर्देशक  प्रेम कुमार सिंहका अनुसार अधिकतम २० प्रतिशत भाडादर वृद्धि गरिएको छ। 'लोकल,छोटो,मध्यम, लामा दुरीका सबै मालवाहक र यात्रु बाहकका सवारीसाधनका लागि २० प्रतिशत भाडा वृद्धि गरिएको छ।' सिंहले भने ' ट्याक्सीका लागि १२ प्रतिशत वृद्धि गरिएको छ। यो देशै भरिका लागि हो।' यात्रुले सार्वजनिक यातायात चढेदेखि ४ किमीसम्म १४ रुपैया भाडा तिर्नुपर्थ्यो । नया बढेको भाडादरसंगै २.८ रुपैया बढेर १६.८ रुपैया  पुगेको छ। बढेको भाडादर आगामी असार १ गतेबाट लागु हुने छ। 

वैज्ञानिक मापदण्ड अनुसार भन्दै यातायात व्यवस्था विभागले भाडादर वृद्धि गरेको हो। इन्धनको भार ३५ प्रतिशत र अन्यकको ६५ प्रतिशतलाई आधार मानेर भाडादर वृद्धि गरिएको हो। 

यातायात व्यवस्था विभागले दशैको मुखैमा भाडादर वृद्धि गरेको थियो। यातायात व्यवसायीले अग्रीम टिकट बुकिङ खोल्न नमानेपछि १० प्रतिशत भाडादर बृद्धि गरेको थियो। त्यसको ९ महिना नपुग्दै पुन सर्वसाधरणको ढाड सेकाउन गरि २० प्रतिशत भाडादर बृद्धि  गरिएको छ।