एफएनसीसीआई उपाध्यक्षद्वारा आइएलओको अधिवेशनमा संबोधन, सामाजिक सुरक्षा प्रणालीको प्रशंशा

बिजमाण्डू
२०७६ जेठ ३० गते १५:४९ | Jun 13, 2019
एफएनसीसीआई उपाध्यक्षद्वारा आइएलओको अधिवेशनमा संबोधन, सामाजिक सुरक्षा प्रणालीको प्रशंशा


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रविधिको विकास, जलवायू परिवर्तन तथा भुमण्डलीकरणको परिवर्तनबाट आउने चुनौतिको सामना गर्न मानव संसाधनको विकासमा जोड दिनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८औं अधिवेशनलाई संबोधन गर्दै उनले यो धारणा राखेका हुन्।उनले नेपालको निजी क्षेत्रले संवादमार्फत दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरिरहेको बताउँदै  सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको दाबी गरे।

ढकालले नेपालमा अहिले बहुमत प्राप्त सरकारले कानून र नीतिगत सुधारबाट नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीहरूलाई आग्रह गरे। उनले नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठुलो सम्भावना भएका क्षेत्र भएको उल्लेख गर्दै सभापति ढकालले नेपालमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई गरे।