सौराहामा भ्यू टावर निर्माणका लागि पचास लाख विनियोजन, डिपिआरका लागि कम्पनी छनौंट




चितवन। मुलुकको प्रमुख पर्यटकीय गन्तब्य सौराहामा अन्तर्राष्ट्रिय स्तरको भ्यू टावर निर्माण हुने भएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्रको बन्यजन्तु हेर्नकै लागि अन्तर्राष्ट्रिय स्तरको भ्यू टावर निर्माण गरिन लागिएको हो।

टावर निर्माणको औपचारिक प्रकृया अघि बढिसकेको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्यू टावरका लागि विस्तृत सम्भाब्यत अध्ययन(डिपिआर)का लागि ५० लाख रुपैयाँ छुट्याइसकेको छ।पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले डिपिआरका लागि स्थलगत अध्ययन समेत भइसकेको बताए।डिपिआरपछि भ्यू टावर निर्माणको लागत तय हुनेछ।

Tata
Swostik Collage

'सौराहामा भ्यू टावर निर्माण अध्ययनका लागि हामीले केही समय अगाडी टेण्डर गरेका थियौँ। डिपिआरका लागि कन्सल्टेन्ट कम्पनी छनौंट भइसकेको छ। यसको डिजाइन सम्वन्धी अध्ययन गरिरहेका छौँ। यही वर्ष डिपिआरको काम सक्नेछौँ।'महानिर्देशक घिमिरेले बिजमाण्डूसँग भने।

उनका अनुसार भ्यू टावर चितवन राष्ट्रिय निकुञ्ज परिसर भित्र निर्माण गरिनेछ। टावर निर्माण गर्नका लागि विभागले चितवन राष्ट्रिय निकुञ्जसँग अनुमति लिइसकेको उनले जानकारी दिए। 'कम्तिमा पनि सौराहासँगै राष्ट्रिय निकुञ्जलाई एकै ठाउँमा उभिएर हेर्न सकिने उद्धेश्यले भ्यू टावर निर्माण गर्न लागिएको हो। यो परिकल्पना हाम्रो विभागका पुर्व महानिर्देशक दिनेश भट्टराईको हो।' उनले भने। उनका अनुसार डिपिआर तयार भएपछि वहुवर्षिय बजेट विनियोजन गरेर टावर निर्माण गरिनेछ।

अहिले विभिन्न जिल्लामा भ्यू टावर निर्माण भइरहेको छ। तर यो भ्यूटावर भने अहिले निर्माण भइरहेका भन्दा फरक हुने घिमिरेले दाबी गरे।‘अन्तर्राष्ट्रियस्तरको लिफ्टसहितको टावर निर्माण हुनेछ। टावरभित्रै व्यवसायिक पसलहरु पनि रहनेछन्।’ उनले भने। यो टावर निर्माण सुरु भएको पाँच वर्षमा तयार हुनेछ।

भ्यू टावर निर्माणको प्रकृया सुरु भएपछि स्थानीय पर्यटन व्यवसायी समेत उत्साहित भएका छन्। क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले राष्ट्रिय निकुञ्ज वाहेक टुरिज्म प्रडक्ट थपिँदा सौराहाको पर्यटनमा ठूलो योगदान दिने बताए।‘हामी अहिले चितवन राष्ट्रिय निकुञ्ज र वन्यजन्तुसँग जोडिएको पर्यटन प्रवर्द्धन गरिरहेका छौं।

तर अब अन्तर्राष्ट्रियस्तरको भ्यू टावरले यहाँको पर्यटन क्षेत्रलाई थप योगदान दिने विश्वास लिएका छौं’ उनले भने। उनका अनुसार वन्यजन्तु हेर्न जंगल सफारी र जिप सफारी वाहेक भ्यू टावरबाट पनि अवलोकन गर्न सकिने वातावरण तयार हुनेछ। घिमिरेले सौराहामा निर्माण हुने भ्यू टावरले चितवनलाईनै प्रतिनिधित्व गर्ने बताउँदै टावर निर्माणका लागि स्थानीय पर्यटन व्यवसायीले एकजुट भएर सघाउने प्रतिवद्धता जनाए।


Share this Story

   

सौराहामा भ्यू टावर निर्माणका लागि पचास लाख विनियोजन, डिपिआरका लागि कम्पनी छनौंट को लागी ३ प्रतिक्रिया(हरु)

Bishwash poudel[ 2019-06-14 06:44:36 ]
When choosing the location of the construction site, I opine that Drone camera should be use. This is only because to capture the best view possible.

   हालसम्म ३५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Gagan Nepali[ 2019-06-13 05:15:38 ]
नाम मात्रको भ्यु टावरभन्दा पनि अलिक भव्य बनाउदा बेस हुन्छ, कम्तिमा २०० मिटर अग्लो, माथि रिभाल्भिंग फ्लोर, रेस्टुरा, थ्रिलिंग लिफ्ट, बेस्मेंटमा गिफ्ट सप, क्याफे, म्युजियम सबै सेवा सुबिधा भएको, फिचर्स सुनेर नै चढन लालायित हौ | भ्यु टावरको देशमा अर्को एउटा भ्यु टावर मात्र थप्ने काम चाहि नहोस

   हालसम्म ४७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Ravi k[ 2019-06-12 07:41:26 ]
जाबो भ्यु टावर निर्माण गर्न पाँच वर्षको अवधि । समय अलिक पुगेन की?
कस्तो योजना बनाउँछन् ,यो देशमा ।

   हालसम्म ५३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.