श्रम स्वीकृतिको शुल्क सबै वाणिज्य बैंकमार्फत तिर्ने व्यवस्था गर्दै सरकार, असार १० गतेसम्म समय




काठमाडौं। वैदेशिक रोजगारीमा जाँदा सबैले लिनैपर्ने श्रम स्वीकृति/नवीकरण लगायतका सेवाको शुल्क अब २८ वटै वाणिज्य बैंकमार्फत तिर्ने व्यवस्था गर्न लागिएको छ।

यसअघि सात वटा वाणिज्य बैंकले मात्रै वैदेशिक रोजगार बोर्डबाट अनुमति लिएर काम गर्दै आएकोमा बोर्डले १५ दिने सूचना जारी गर्दै 'क' वर्गका सबै वाणिज्य बैंकलाई सेवा सञ्चालनका लागि निवेदन दिन आग्रह गरेको छ।

Sipradee

नेपाल राष्ट्र बैंकसँग छलफल गरेर बोर्डले सबै वाणिज्य बैंकलाई वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाको शुल्क लिन सक्ने व्यवस्था गर्न लागेको हो।

सिमित बैंकमार्फत मात्र श्रम स्वीकृति लगायतका सेवाको शुल्क तिर्नुपर्दा बैंकिङ समयभन्दा अघिनै सेवाग्राहीको लामो लाईन लाग्ने गरेको थियो। सबै वाणिज्य बैंकले यस्तो सुविधा दिएमा सेवाग्राहीलाई सहज हुने बोर्डको विश्वास छ।

बैंकले आगामी असार १० गतेसम्ममा वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहलमा सेवा सञ्चालनको लागि निवेदन दिनुपर्ने जनाएको छ। 


Share this Story

   

श्रम स्वीकृतिको शुल्क सबै वाणिज्य बैंकमार्फत तिर्ने व्यवस्था गर्दै सरकार, असार १० गतेसम्म समय को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.