बजार घट्ने क्रम थामिएन, शेयरको 'ओभर सप्लाइ' धान्ने लगानीकर्ता बजारमा अझै देखिएनन्




काठमाडौं। शेयर बजार थप ४.३४ अंकले घटेको छ। विगत ७ कारोबार दिनमा ६ कारोबार दिन बजार लगातार ओरालो लागिरहेको छ। मंगलबार शेयर बजार झिनो अंकले सुधार देखिएको थियो। 

बुधबार शेयर बजार बढ्ने अपेक्षा गरिए पनि घटेर १२७२.४८ अंकमा रोकिएको छ। 

Tata
Swostik Collage

बजार लगातार घट्न थालेसँगै कारोबार रकम पनि घट्दै जान थालेको छ। बुधबार दोस्रो बजारमा १७४ कम्पनीको ५० करोड २६ लाख रुपैयाँको कारोबार भएको छ। व्यापार, होटल र अन्य सूचकमा सुधार आए पनि बाँकी सूचक ओरालो लागेका छन्। 

सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको संस्थापक शेयर ७ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। विगतका दिनमा जस्तै सबै भन्दा धेरै शिवम सिमेन्ट र प्रभु बैंकको कारोबार भएको छ। सबैभन्दा धेरै बढ्ने क्रममा साल्ट ट्रेडिङको कारोबारमा सर्किट लागेको छ। त्यस्तै सबैभन्दा धेरै घट्नेममा नेपाल हाइड्रो डेभलपरको ७ प्रतिशतले गिरावट आएको छ। 

गत फागुनदेखि शेयर बजार लगातार बढ्दै आएकोमा विगत एक सातादेखि घट्ने क्रममा रहेको छ। बजारको आपूर्ती धान्ने किसिमले लगानीकर्ता आउन नसक्दा बजार बढ्ने मनोविज्ञान कमजोर देखिएको हो। 


Share this Story

   

बजार घट्ने क्रम थामिएन, शेयरको 'ओभर सप्लाइ' धान्ने लगानीकर्ता बजारमा अझै देखिएनन् को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]



bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.