अप्रिलिया स्ट्रोम बजारमा, रेसिङ टेक्नोलोजी भएको स्कुटरको मूल्य २ लाख २४ हजार रुपैयाँ मात्रै

बिजमाण्डू
२०७६ जेठ २३ गते १७:३१ | Jun 6, 2019
अप्रिलिया स्ट्रोम बजारमा, रेसिङ टेक्नोलोजी भएको स्कुटरको मूल्य २ लाख २४ हजार रुपैयाँ मात्रै

Tata
GBIME
Nepal Life

काठमाडौं। अप्रिलियाको उच्चस्तरिय इटालियन रेसिङ्ग टेक्नोलोजी भएको अप्रिलिया स्ट्रोम नेपाली बजारमा बिक्री सुरु भएको छ। यो स्कुटर दुगड ब्रदर्श एण्ड सन्सले बिक्री गर्दै आएको छ।

यो स्कुटर रेसरहरुको लागि डिजाइन गरिएको तर आरामदायी हुने कम्पनीको दाबी छ।१२५ सीसी क्षमताको यो स्कुटर आधुनिक प्रविधिको थ्रि भल्व इन्जिन जडान छ।अप्रिलिया स्ट्रोम म्याट रातो र पहेंलो आकर्षक ग्राफिकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

१२ इन्चको फराकिलो स्पोर्टस अलोय ह्विल भएको टायरसंगै आउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो स्कुटर अन रोड र अफ रोड दुवै बाटोको लागि उपयुक्त छ। यो स्कुटर विहिबार पुल्चोकस्थित लविम मलमा कम्पनीका अध्यक्ष मोतीलाल दुगड़ले बिक्री शुभारम्भ गरे।कम्पनीका उपाध्यक्ष विवेक दुगड़ले असार मसान्तसम्मका लागि २ लाख २४ हजार रुपैयाँ मात्रै राखेको बताए।