एनसिएचएलको आइपिएस इपेमेन्ट प्रणालीमा अब युके एड सक्षम पनि आबद्ध, सबै नेपालीलाई लाभ

बिजमाण्डू
२०७६ जेठ २० गते १७:५३ | Jun 3, 2019
एनसिएचएलको आइपिएस इपेमेन्ट प्रणालीमा अब युके एड सक्षम पनि आबद्ध, सबै नेपालीलाई लाभ


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल क्लियरिङ हाउस लललिटेड (एनसिएचएल) ले युके एडको सक्षम कार्यक्रमसँग कनेक्ट आइपिएस इपेमेन्ट प्रणाली आबद्ध गर्न सहकार्य गरेको छ। 

नेशनल पेमेन्ट इन्टरफेस लागू गर्न तथा सेटलमेन्ट ग्यारेन्टी फण्ड विस्तार गर्न सम्झौता भएको हो। 

सम्झौतापत्रमा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र सक्षमका टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरेका छन्। 

यसबाट नेपाल भरीका बैंक वित्तीय संस्थालगायत तीनका ग्राहक, सरकारी तथा अर्द्ध सरकारी निकाय, ठूला कर्पोरेट, साना मझौला कम्पनी, पिएसपी/पिओएसलगायतका विभिन्न लाभग्राही समूहहरुलाई प्रभाव पार्ने छ।