एनटिसीको ‘रिपब्लिक डे अफर’, ५० रुपैयाँको प्याक किन्दा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाइस

बिजमाण्डू
२०७६ जेठ १३ गते १६:५२ | May 27, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले ‘रिपब्लिक डे अफर २०७६’ स्किम ल्याएको छ। ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ। जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ। 

यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरेपछि कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ। योो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ।