राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीको हातमा, खतिवडाले भने, ‘बजेटमा समेट्छु’

बिजमाण्डू
२०७६ जेठ १० गते १८:१९ | May 24, 2019
राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीको हातमा, खतिवडाले भने, ‘बजेटमा समेट्छु’

Tata
GBIME
Nepal Life

काठमाडौं। राजस्व परामर्श समितिले अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ। राजस्व सचिव लालशंकर घिमिरे संयोजकत्वको समितिले शुक्रबार खतिवडासमक्ष आफ्नोख प्रतिवेदन पेश गरेको हो। 

सरोकारवालासँगको विभिन्न चरणको छलफल र उपसमितिका सुझावपछि समितिले आफ्नो प्रतिवेदन बुझाएको हो। अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा राजस्व नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने नीति, कानुन र करका दर तथा संगठन संरचनामा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन तयार भएको जनाइएको छ। 

समितिले सातवटै प्रदेशका विभिन्न सहर र काठमाडौंमा पनि छलफल गरेर प्रतिवेदन तयार गरेको सहसचिव उत्तरकुमार खत्रीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। समितिले विभिन्न १० समूहमा समूहीकरण गरी प्रतिवेदन तयार गरेको पनि विज्ञप्तीमा जनाइएको छ। 

प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री खतिवडाले राजस्व प्रणालीको सुधारलाई निरन्तर अघि बढाइने र करको दायरा विस्तार सरकार प्रतिवद्ध रहेको बताए। उनले समितिले पेश गरेको प्रतिवेदनका सुझावलाई ‍औचित्य पुष्टी हुने गरी बजेटमा सम्बोधन गर्न प्रयास गरिने उल्लेख गरे।