बैंकहरुको खराव ऋण नौं महिनामै पाँच अर्बले बढ्यो, ऋणमा आक्रमक हुँदा खराव सम्पति बृद्धि

बिजमाण्डू
२०७६ जेठ १० गते १६:१६ | May 24, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंकहरुले ऋण लगानीमा आक्रमकता देखाएसँगै खराब ऋणको मात्रा बढ्न थालेको छ। विगतमा ऋण बिस्तारको तुलनामा थोरै मात्र बिग्रिँदा पनि प्रतिशतमा धेरै देखिन्थ्यो।

अहिले आक्रमक रणनीतिले ऋण बिस्तार उच्च छ। ऋणहरु खराब अवस्थामा पनि पुगेका छन्। तर प्रतिशतमा हेर्दा थोरै देखिए पनि रकमका हिसाबले भने उच्च दरले खराब ऋण बढेको छ। 

२०७४ असारमा खराब ऋण १६ अर्ब अर्ब थियो। २०७५ असारमा पनि १६ अर्ब नै थियो। तर २०७५ को चैतसम्म आइपुग्दा बढेर २१ अर्ब पुगेको छ।

यसबीचमा लगानी पनि ह्वत्तै बढेको छ। २०७४ असारसम्म बैंक ऋण १७ खर्ब ३६ अर्ब थियो। अर्को बर्ष बढेर २१ खर्ब १२ अर्ब पुग्यो। अहिले चैतमा २४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।