अनुदान बर्षेनी बढिरहेको छ तर निर्यात ब्यापारमा खास सुधार छैन, ‘अनुदान पुनरावलोकन गर्नु पर्छ’

बिजमाण्डू
२०७६ जेठ १० गते १५:३० | May 24, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालको निर्यात ब्यापारलाई बढाउन चैतसम्म २३ करोड ९० लाख रुपैयाँ वितरण गरिएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक मौद्रिक समिक्षा गर्दै निर्यात अनुदान बढ्दै गएको जनाएको छ।

केन्द्रीय बैंकका अनुसार, गत बर्ष चैतसम्म २१ करोड १४ लाख रुपैयाँ मात्र यस्तो अनुदान दिइएको थियो। आर्थिक बर्ष २०६८/६९ देखि अहिलेसम्म १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ निर्यात अनुदान वितरण भइसकेकोछ । 

राष्ट्र बैंकका अनुसार, चालु बर्षको चैतसम्म निर्यात ब्यापार करिव १७ प्रतिशतले बढेर ६९ अर्ब ८२ करोड रुपैयाँ मात्र पुगेको छ। 

जबकी आयात ब्यापार २१.३ प्रतिशतले बढेर १० खर्ब ६१ अर्ब ६३ करोड रुपैयाँ नाघेको छ। अनुदान बढ्दै जाने तर निर्यात खस्किने अवस्थाले भने निर्यात अनुदानमा पुनरावलोकन गर्नु पर्ने देखिएको केन्द्रीय बैंककै अधिकारीहरु बताउँछन्।