मुक्तिनाथ विकास बैंकको डेपुटी प्रमुख कार्यकारीमा बज्राचार्य, १८ बर्षे बैंकिङ गरेको अनुभव

बिजमाण्डू
२०७६ जेठ १० गते १३:०४ | May 24, 2019
मुक्तिनाथ विकास बैंकको डेपुटी प्रमुख कार्यकारीमा बज्राचार्य, १८ बर्षे बैंकिङ गरेको अनुभव

Tata
GBIME
Nepal Life

काठमाडौं। मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन्। 

यसअघिका डेपुटी सिइओ तारा मानन्धरले छोटो समयमै छाडेर अर्को संस्था गएपछि  यो पद रिक्त थियो।

त्रिभुवनविश्व विद्यालयबाट एमबिए गरेका बज्राचार्य यसअघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत थिए। उनीसँग १८ बर्ष बैंकिङ गरेको अनुभव छ।  

मुक्तिनाथको देशभर ११४ शाखा र २२ एटिएम छन्। बैंकका ६ लाख हाराहारी ग्राहक छन्।