विच्याट, अलिपेबाट भुक्तानी गर्न प्रतिबन्ध, अब फेसबुक र युट्युवमा विज्ञापन गर्न रोक लगाइँदै

बिजमाण्डू
२०७६ जेठ ७ गते १०:०३ | May 21, 2019
विच्याट, अलिपेबाट भुक्तानी गर्न प्रतिबन्ध, अब फेसबुक र युट्युवमा विज्ञापन गर्न रोक लगाइँदै


काठमाडौं। नेपाल राष्ट्र बैंकले अबैधानिक रुपमा 'विच्याट', 'अलीपे' लगायतबाट भइरहेको भुक्तानीलाई पूर्णतया प्रतिबन्ध लगाएको छ। राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै प्रतिबन्ध लगाएको घोषणा गरेहो हो।

Tata
GBIME
Nepal Life

पछिल्लो समय पर्यटक तथा नेपालीहरुले नै विच्याट, अलिपेबाट भुक्तानी गर्ने क्रम बढेको थियो। बैंक तथा वित्तीय संस्था, स्वीकृति प्राप्त पेमेन्ट गेटवे हुँदा हुँदै यसरी भुक्तानी भएर विदेशी मुद्राको आय र सञ्चितिमाथि नै धावा बोल्न थालेपछि राष्ट्र बैंक कठोर भएको हो।

अब यसरी भुक्तानी गरेमा विदेशी विनिमय अपचलनको मुद्दा लगाइने छ। यसैगरी राष्ट्र बैंकले फेसबुक, टुइटरलगायतका सामाजिक सञ्चाल र युट्युवजस्ता च्यानलमा नेपालीले गरिरहेको विज्ञापनमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ।

विदेशमा रहेका नेपालीबाट फेसबुक र युट्युवको पैसा भुक्तानी गर्ने तर नेपालीसँग यहाँ उठाउने गर्दा बाहिरबाट आउने पैसा रोकिएको छ। साथै केही एजेन्सीहरुले संगठित रुपमै पनि बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य कर्पोरेटको विज्ञापन फेसबुक र युट्युवमा गरिरहेका छन्।

यसबापत यहाँ उनीहरुले सम्बन्धित विज्ञापनदाताबाट पैसा पाउँछन्। एजेन्सीले विदेशस्थित नेपालीबाट त्यो पैसा विज्ञापन गर्ने प्लेटफर्ममा भुक्तानी गराउँछन्। यसो हुँदा देखादेखी हुन्डीजस्तै कारोबार भइरहेको छ।

'यसमा हामी हेर्छौं' एक उच्च अधिकारीले भने, 'गुनासाहरु धेरै आएका छन्। देखादेखी भइरहेको हुन्डीलाई त नियुन्त्रण गर्नै पर्छ। यो नियन्त्रण हुन्छ।'