नेपालमा पनि परिवर्तन भयो किलोग्रामको परिभाषा, ७ मापन इकाइमध्ये चारको परिवर्तन

रासस
२०७६ जेठ ७ गते ०९:२० | May 21, 2019
नेपालमा पनि परिवर्तन भयो किलोग्रामको परिभाषा, ७ मापन इकाइमध्ये चारको परिवर्तन


Tata
GBIME
Nepal Life

काठमाडौँ। नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा १४४औँ विश्व नापतौल दिवस मनाइएको छ। ‘अन्तर्राष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने मूल नाराका साथ सोमबार विभागको परिसर बालाजुमा दिवस मनाइएको हो।     
     
कार्यक्रममा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विश्वभरि नापतौलमा एकरूपता ल्याउने उद्देश्यले उक्त दिवस मनाउँदै आएको जानकारी दिए। पछिल्लो समय विभागले विदेशमा उत्पादित कम्पनीका सामग्रीलाई पनि एनएस (नेपाल गुणस्तर) चिह्न प्रदान गर्दै आएको छ।     
     
विभागले विश्व नापतौल दिवसका अवसरमा मेट्रिक प्रणालीमा आधारित सात मूल एकाइमध्ये चार एकाइको परिभाषामा भएको परिवर्तन सोमबारदेखि लागू गरेको छ। जसमा पिण्डको मूल एकाइ किलोग्राम, तापक्रमको मूल एकाइ केल्भिन, विद्युत् धाराको मूल एकाइ एम्पियर र पदार्थको सङ्ख्याको मूल एकाइ मोलका रुपमा परिवर्तन भएको छ।     
     
आजभन्दा १४४ वर्ष अगाडि सन् १८७५ मा आजकै दिनमा मिटर कन्भेन्सनमा हस्ताक्षर भएपश्चात् विश्वभर उक्त दिवस मनाउँदै आइएको विभागले जनाएको छ।