अमेरिका चीन व्यापार युद्ध: गुगलद्वारा हुवावेको स्मार्टफोन सेवामा कटौती, गुगल म्यापमा असर पर्ने




 

वासिङटन। गुगलले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेसँगको व्यापारलाई सीमित बनाउँदै केही सेवाहरु कटौती गर्ने निर्णय गरेको छ।

Sipradee

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना प्रविधिमाथि खतरा बढेको भन्दै अमेरिकी कम्पनीहरूलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक लगाएको केही दिनमा नै गुगलले हुवावेसँग सहकार्य कम गर्ने घोषणा गरेको हो।

गुगलको यस निर्णयबाट अब हुवावेका नयाँ स्मार्टफोनहरुमा गुगलका केही एन्ड्रोइड सेवाहरु उपलब्ध हुनेछैन। यसका साथै हाल प्रयोगमा रहेका हुवावे स्मार्टफोनहरुको अपडेटमा समेत असर पर्नेछ।

गुगलले हुवावेलाई के के सेवा उपलब्ध नगराउने हो? यस बारेमा भने केही बताएको छैन। बीबीसीले भने अब  आउने नयाँ हुवावे स्मार्टफोनमा युटयुब र गुगल म्याप सेवा कटौती हुने उल्लेख गरेको छ।

यद्यपि, हुवावेले ओपन सोर्स लाइसेन्सबाट उपलब्ध हुने एन्ड्रोइड अपरेटिङ सिस्टमको प्रयोग भने गर्न सक्ने प्रविधि विशेषज्ञहरुले बताएका छन्।

हुवावे भन्छ,'हामी तयारी गर्दैछौं'
ट्रम्पले दूरसञ्चार उपकरणहरूको प्रयोगका कारण राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको र साइबर आक्रमणको खतरा बढेको भन्दै त्यस्ता उपकरणको प्रयोगमा रोक लगाउँदै संकटकाल घोषणा गरेका थिए।

ट्रम्पको निर्णयपछि अमेरिकी कम्पनीहरूले विदेशी दूरसञ्चार कम्पनीका उत्पादन खरिद गर्न बाटो बन्द भएको थियो।

ट्रम्पको सो निर्णय खास गरी चिनियाँ उत्पादन हुवावेलाई  नै लक्षित गरी ल्याइएको विश्लेषण गरिएको थियो। चिनियाँ कम्पनी हुवावेले आफ्ना उपकरणहरूको सहयोगले अरू राष्ट्रहरूमा जासुसी गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ। यद्यपि हुवावेले भने आफ्ना उपकरणहरू सुरक्षित रहेको बताउँदै अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ।

गुगलको निर्णयपछि हुवावेले भने यसप्रकारको सेवा कटौतीबाट सेवामा असर पर्न नदिन आफूहरुले प्रयास गरिरहेको बताएको छ। हुवावेका कार्यकारी निर्देशक रेन हेङफेइले जापानी संचार माध्यमसँग कुरा गर्दै आफूहरु तयार गरेको बताएका छन्।

उनले हुवावेले आफ्नै एप ग्यालेरी र सफ्टवेयरहरु निर्माण गरिरहेको बताएका छन्।

अमेरिका र चीनबीच व्यापार युद्ध चर्किँदै गर्दा गुगलको यो निर्णयले दुई देशको सम्बन्धमा थप समस्या उत्पन्न हुनसक्ने अनुमान गरिएको छ। गत सातामात्रै ट्रम्पले २०० खर्ब डलर बराबरको चिनियाँ सामाग्रीमा लगाइएको १० प्रतिशत करलाई २५ प्रतिशत पुर्‍याएका थिए। जवाफमा चीनले ६० अर्ब डलर बराबरको अमेरिकी सामाग्रीमा कर वृद्धि गरेको थियो।


Share this Story

   

अमेरिका चीन व्यापार युद्ध: गुगलद्वारा हुवावेको स्मार्टफोन सेवामा कटौती, गुगल म्यापमा असर पर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.