सनराइज बैंकको ब्यवस्थापन प्रमुखको जिम्मेवारी आशा राणालाई, ३० बर्ष बैंकिङ गरेको अनुभव




काठमाडौं। सनराइज बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी आशा राणा अधिकारीलाई दिएको छ। ३० बर्षभन्दा बढि अवधि बैंकिङ क्षेत्रमा रहेकी आशालाई प्रमुख कार्यकारी अधिकृतबाट रत्नराज बज्राचार्यले अवकाश पाएपछि ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो।

सनराइज बैंक स्थापना हुनु दुई महिना अगाडिबाट त्यहाँ कार्यरत आशाले ११ बर्ष त्यहाँ बिताइसकेकी छिन्। सहायक महाप्रबन्धकबाट सनराइज बैंक छिरेकी उनलाई जेठ १ गतेबाट लागू हुने गरी कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको हो।

Sipradee

सनराइजमा आउनुअघि उनी हिमालयन बैंकमा थिइन्। हिमालयनमा आशाले १४ बर्ष काम गरेकी थिइन्। त्यसअघि सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा उनले काम गरेकी थिइन्। त्यहाँ उनले साढे ६ बर्ष काम गरेकी थिइन्।

अमेरिकाको क्यालिफोर्नियास्थित एक बैंकमा काम गरेको अनुभव पनि उनीसँग छ। उनले त्रिभूवन विश्वविद्यालयबाट एमबिए गरेकी छीन्। उनी एमबिएकी 'गोल्डमेडलिस्ट' पनि हुन्। उनले महेन्द्र विद्याभुषणसमेत पाएकी छिन्।


Share this Story

   

सनराइज बैंकको ब्यवस्थापन प्रमुखको जिम्मेवारी आशा राणालाई, ३० बर्ष बैंकिङ गरेको अनुभव को लागी ४ प्रतिक्रिया(हरु)

Nirmala[ 2019-05-23 01:09:37 ]
I hope this is a fair deserving appointment because now a days the corporate culture is too much corrupted and polluted.

   हालसम्म ८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sanjay Kumar Yadav[ 2019-05-21 11:21:35 ]
Really, she is deserve for CEO. I wish her all the best.

   हालसम्म १२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Pramod[ 2019-05-18 09:27:00 ]
एउटा अर्को वाणिज्य बैंकको नेतृत्व गर्दै नेपाली महिला! Best wishes for your tenure.....

   हालसम्म १७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Binod Kharel[ 2019-05-17 09:47:31 ]
आशा मेडमलाई हार्दिक बधाई । हुनत मेरो ब्यवसाय गरेको २० बर्षको अनुभवमा बैकिङ क्षेत्र यति संकटग्रस्त अवस्था देखेको थिएन । भनिन्छ कमलको फुल पनि हिलोमै फुल्छ भने झै झन यस्तो संकटग्रस्त अवस्था आशा मेडमले
आफनो कुशलता देखाउने ठुलो मौका हो। मलाई ठुलो बिश्वास छ आशा मेडम ज्यूूूूले आफ्नो दुरदर्शिता बाट, पाको अनुभव बाट कुशल नेतृत्व प्रदान गरि बैंकको बित्तीय अवस्था अझ मजबुत बनाई बैकको गरिमालाई सगरमाथाको जस्तो उच्च शिखरमा पुराउनु हुनेछ भन्ने पुर्ण बिश्वास लिएको छु ।

बिनोद खरेल
सांग्रिलाा ट्रेड कन्सर्न
भैरहवा

   हालसम्म २७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.