नेपालको पर्यटन प्रबर्द्धन गर्न हिमालयन बैंक, पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसबीच सहकार्य




काठमाडौं। नेपालको पर्यटन प्रवद्र्धनलाई लक्षित गरि हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसको सहकार्यमा “एक्स्पेरियन्स नेपाल” अभियान सुरु गरेको छ। 

अभियानको मुख्य उद्देश्य अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्ता विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न र यहाँको मौलिकता, विविधता र प्राकृतिक सौन्दर्यताको अनुभुति गर्न अभिप्रेरित गर्ने रहेको छ। 

Sunrise Bank
Sipradee

अभियान अवधिमा नेपाल घुम्न आउने अमेरिकन एक्स्प्रेस कार्डधारी पर्यटकहरुले नेपालमा विभिन्न सुविधाका साथै हिमालयन बैंकको ८० भन्दा बढि मर्चेन्ट पार्टनरहरुबाट बिशेष छुट पाउने छन्। मर्चेन्ट पार्टनरमा होटल, रेष्टुराँ, साहासिक खेल पर्यटन, स्थानिय कलाकृति पसल रहेका छन्।

“एक्स्पेरियन्स नेपाल” अभियान सन् २०२० जुन महिनासम्म चल्ने छ। पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसद्धारा आ—आफ्नो तर्फबाट विभिन्न देशहरुमा यो अभियान बारे प्रचार, प्रसार र प्रर्वद्धन गरिने छ। साथै हिमालयन बैंकद्धारा पनि यस अभियान अवधिभर आफ्नो वेवसाईट, सोसियल मेडियाका माध्यमबाट प्रचार प्रसार गरिने छ।

पत्रकार सम्मेलनमा अमेरिकन एक्स्प्रेसकी दिव्या जैनले अभियानले नेपालमा पर्यटन प्रवद्र्धनका साथै स्थानिय व्यवसायलाई प्रोत्साहन मिल्ने बताइन्। अभियानले अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्तालाई नेपाल घुम्न उत्प्रेरणा मिल्ने उनले बताइन्।

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले एक्स्पेरियन्स नेपाल २०१९ अभियानले नेपालको भ्रमण बर्ष २०२० अन्तर्गतनै पर्यटकहरुलाई जीवनको अविस्मरणीय अनुभुति गराउने उद्देश्य लिएको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले नेपाल विदेशी पर्यटक माझ प्रवद्र्धन हुने  र नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। 


Share this Story

   

नेपालको पर्यटन प्रबर्द्धन गर्न हिमालयन बैंक, पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसबीच सहकार्य को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.