जनता सडकमा उत्रनुको असर : सुरु भयो बौद्धमा पिचको काम, स्थानीय आफै जुटे निगरानीमा




काठमाडौं। चार वर्षभन्दा लामो समयदेखि अलपत्र परेको चाबहिल साँखु सडक निर्माण समयमै नभएको भन्दै स्थानीय र व्यवसायी आन्दोलनमा उत्रिएपछि कालोपत्रे गर्ने काम अघि बढेको छ।

जति दवाव दिए पनि सडक कालोपत्रेको काम अघि नबढेपछि स्थानीय व्यवसायीको नेतृत्वमा बौद्धमा बाटो अवरुद्ध गरिएको थियो। त्यसलाई खुलाउन प्रहरीले प्रयास गर्दा प्रदर्शनकारी विद्रोहमा उत्रिएका थिए। प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी नै चल्यो। त्यही क्रममा प्रहरीले अश्रु ग्याससमेत प्रहार गर्नुपर्ने स्थिति बन्यो। अन्तत: सडक तत्कालै कालोपत्र गर्ने सहमति भयो र अवरुद्ध सडक खुल्यो।

Sunrise Bank
Sipradee

सहमतिअनुसार अहिले बौद्ध क्षेत्रमा कालोपत्रे गर्नेक्रम बढेको छ। टुसालदेखि बौद्ध गेट खण्ड र नारायणटारदेखि वाग्मती पुल खण्डमा यतिखेर कालोपत्र गर्ने काम अघि बढेको हो।कालोपत्र सुरु भएसँगै स्थानीय आफैले कामको अवलोकन गरिरहेका छन्। उनीहरुले कालोपत्र हुनुपर्ने स्थान नाप्दै सहयोग गरिरहेका छन्।

 


Share this Story

   

जनता सडकमा उत्रनुको असर : सुरु भयो बौद्धमा पिचको काम, स्थानीय आफै जुटे निगरानीमा को लागी २ प्रतिक्रिया(हरु)

Mahadev Sharma[ 2019-05-15 05:51:09 ]
Pitch ta Hune Bhayo.
Ani Zebra Cross ma manchhe le bato katna paunu paryo. Zebra Cross ho ki Jyan mara Cross ho kehi thaha chhaina.

   हालसम्म ७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Mahadev Sharma[ 2019-05-15 05:50:31 ]
Pitch ta Hune Bhayo.
Ani Zebra Cross ma manchhe le bato katna paunu paryo. Zebra Cross ho ki Jyan mara Cross ho kehi thaha chhaina.

   हालसम्म १० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.