एनसिएचएलको ‘कनेक्ट आइपिएस’ मा आवद्ध हुँदा बैंक खातामा १०० रुपैयाँ, घरै बसेर सबै भुक्तानी

बिजमाण्डू
२०७६ जेठ १ गते १४:३५ | May 15, 2019
एनसिएचएलको ‘कनेक्ट आइपिएस’ मा आवद्ध हुँदा बैंक खातामा १०० रुपैयाँ, घरै बसेर सबै भुक्तानी


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा आबद्ध भएमा १०० रुपैयाँसम्म पाइने भएको छ। 

जुनसुकै बैंक खाताबाट जुनसुकै बैकको अर्को खातामा कारोबार गर्न सकिने यो प्रणालीमा ग्राहक सहभागित बढाउन एनसिएचएलले स्किम ल्याएको हो। 

नयाँ युजरको मोबाइल र इमेलआइडी 'भेरिफाइ' भएपछि ग्राहकले ३० रुपैयाँ पाउने छन्। त्यसपछि ग्राहकले आफ्नो खाता भएको बैंकमा कनेक्ट आइपिएस भेरिफाइ गरेपछि त्यही खातामा थप ७० रुपैयाँ पाउने छन्। 

कनेक्ट आइपिएसमार्फत सरकारको राजस्व भुक्तानी रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा फन्ड लोड तथा शेयर ब्रोकरको भुक्तानी गर्न सकिन्छ। 

कनेक्ट आइपिएसमा हालसम्म पाँच दर्जन बैंक तथा बित्तीय संस्थाहरु आबद्ध भइसकेका छन्। चार दर्जन संस्थाले त सेवा नै उपलब्ध गराइसकेका छन्। यसको कारोबार रियलटाइम हुन्छ।