राज्यको 'पपुलिस्ट' नीतिले कसरी 'प्रोफेसनल' लाई किनारा लगाउँछ? भेनेजुयलाबाट सिक्नु पर्ने पाठ 




क्याम्ब्रिज। हार्वर्ड युनियन अफ क्लेरिकल एण्ड टेक्निकल वर्कर्सको एउटा स्लोगान छ 'वि कान्ट इट प्रेस्टिज' अर्थात 'हामीलाई सम्मानले खान दिँदैन।'

अर्को भाषामा भन्दा विश्वविद्यालमा काम गर्नु सम्मानजनक पेशा हो भन्दैमा विश्वविद्यालयले कसैलाई पनि कम ज्याला वा पैसामा काम लगाउनु उपयुक्त हुँदैन।

Sipradee
LOTSE

खासमा जब सम्मान फलदायी हुँदैन यसलाई 'झेल्नुपर्ने' जस्तो मात्र हुन जान्छ। प्रेस्टिज पछाडिको तर्क के हो भने सम्मान वा प्रतिष्ठाको 'प्रविधि र मानिसको परिचय'सँगको सम्बन्धबाट नै पपुलिज्मको उदय र पपुलिस्ट पोलिसीहरु जन्मने खतरा बढ्छ। 

प्रतिष्ठा वा सम्मान हाम्रो जीनदेखि नै आउने कुरा हो। बायोलोजिकल एन्थ्रोपोलोजिस्ट जोसेप जेनरिचका अनुसार यो किन समाजमा देखा पर्यो भने 'हामी साँस्कृतिक जीव अर्थात् कल्चरल स्पिसेस हौ।'

यो कुन अर्थमा भने हरेक मानिस जीवनभर आफ्नो कलेक्टिभ ब्रेनमा सुसुप्त अवस्थामा रहेको ज्ञानको खोजी र त्यसलाई हासिल गर्नमा तल्लिन हुन्छ। 

यो पनि पढ्नुस्: ओली समाजवादको यात्रामा कि भेनेजुएला पथमा? पैसा बाँड्ने मोहले अर्थतन्त्र खोक्रो बनाउँदै

त्यो हामी सिकाई वा नक्कलबाट पाउँछौ। तर हाम्रो लागि के निर्णय गर्नु आवश्यक छ भने हामी कोबाट के सिक्न चाहन्छौ। 

केही बैज्ञानिक अध्ययनहरु के देखाएको छ भने हामी उनै मानिसहरुको जीवन वा सिकाईको नक्कल गर्न वा फलो गर्न चाहन्छौ, जो सम्मानित र प्रतिष्ठित छौं भनेर हामी ठान्छौं। यो सेन्स हामीमा बाल्यकालदेखि नै रहेको हुन्छ। 

यो पनि पढ्नुस्: 'कम्युनिष्ट मुलुक भियतनाम जसको समृद्धिले विश्वकै ध्यान खिच्यो', प्रभु बैकका सिइओको लेख
 

हेनरिच के भन्छन् भने प्रतिष्ठा वा सम्मान समाजको उत्पतिदेखि नै सुरु भएको खेलको परिणाम हो जहाँ सम्मान वा प्रतिष्ठालाई उनीहरुको  उदारताको भुक्तानीको स्वरुप दिइन्छ किनभने उनीहरु आफ्नो दक्षता, ज्ञान वा बिद्वता समाजसँग बाँड्छन्। 

सम्मान वा प्रतिष्ठा भुक्तानीको त्यो चरण हो जुन विशुद्ध मानवीय हुन्छ  र पैसा, ज्याला वा शेयरभन्दा पनि पहिले आउँछ। 

सम्मान वा प्रतिष्ठाले हाम्रो जीवनमा आउने समस्याहरु समाधान त गर्छ नै यसका साथै बिगत आधा शताब्दीदेखि यसले प्राविधिक परिवर्तनहरुसँग पनि अन्तरक्रिया गर्नुपरेको छ। खासमा अर्थशास्त्रीहरुले भन्ने गरेको 'स्किल बायस्ड टेक्निकल चेन्ज' को उदयसँगै आधुनिक प्रविधिमा दक्ष कामदारहरुमाथिको निर्भरताका कारण दक्षताको स्तरअनुसार तलबमा असमानता पनि बढिरहको छ। 

पौल कोलियरले आफ्नो नयाँ पुस्तक 'द फ्युचर अफ क्यापिटालिज्म'मा के तर्क गरेका छन् भने तलबमा बढ्दो असमानताले उच्च दक्षहरुको अवधारणामा नै परिवर्तन ल्याइदिएको छ। उनीहरुमा राष्ट्रबादको मर्मभन्दा पनि 'प्रोफेसनल आइडेन्टिटी' हावी भएको छ। 

जर्ज एकेरलोफ र राचेल क्रान्टोनले प्रस्ताव गरेको ह्युमन विहेवियरको मोडल अनुसार कोलियर के तर्क गर्छन् भने मानिस बिस्तारै त्यही परिचयमा सन्तुष्ट हुँदै जान्छ जहाँ उसलाई अरुले पनि त्यही परिचयका लागि सम्मान गर्छन्। राष्ट्रवाद र प्रोफेसनको हकमा पनि त्यही लागू हुन्छ। 

जब तलबमा असमानता बृद्धि हुँदै जान्छ उच्च दक्षहरु पनि राष्ट्रवादमा भन्दा प्रोफेसनका आधारमा परिचय बनाउन लक्षित हुन्छन्। यसबाट उनीहरुका लागि राष्ट्रिय परिचयलाई कायम राख्ने विषय गौण हुँदै जान्छ। कम दक्षहरु भने यही 'कम मूल्य' को राष्ट्रिय परिचयको चेपुवामा पर्छन्। 

यही मान्यताका अनुसार कोलियर के ब्याख्या गर्छन् भने बेलायतमा ब्रेक्जिटका लागि भएको मतदान  तथा सम्पन्न देशहरुमा उदय भएको दक्षिणपन्थी राष्ट्रबाद ग्रामीण क्षेत्रमा बस्ने कम दक्षहरुमा नै केन्द्रित रहेको थियो जहाँ अझै पनि परम्परागत राष्ट्रिय परिचय वा राष्ट्रवाद हावी छ।  

यसले सभ्रान्तहरुमाथि रहेको विश्वास भने गुम्दै गएको देखाउँछ।  किनभने सभ्रान्त परिवारका सदस्यहरु आफ्नो ग्लोबल प्रोफेसनल आइडेनेटिटीबाट चिनिन्छन्। र, उनीहरुले देशभित्रका  मुद्दाहरुमा कम ध्यान दिएको पाइन्छ। यसैगरी विज्ञहरुको चयन र उनीहरुप्रतिको रुची पनि पुरानो अवधारणा भएको छ किनभने बिज्ञहरुले आम नागरिकलाई ध्यान दिन छोडेका छन्। 

बढ्दो तलब असमानताले हेनरिचले प्रस्ताव गरेको इक्विलिब्रियमको अवधारणालाई भत्काउँछ। यदि प्रतिष्ठित ब्यक्तिहरु पहिल्यै 'वेल-पेड' भए तथा उनी आफ्नो ज्ञान बाँड्ने कुरामा उदार नरहेको  सर्वसाधारणले महसुस गरे भने उनीहरुप्रतिको सम्मान भत्कन्छ। 

यो अवस्थामा स्यामुयल बाउल्सले आफ्नो पुस्तक 'द मोरल इकोनोमी'मा भनेजस्तै 'होमो इकोनोमिक्स' र कम्युनिटी मोरालिटीबीच 'मिस-म्याच' को अवस्था आउँछ। यस्तो अवस्थामा आत्मकेन्द्रित र कारोबारमुखी ब्यवहार भएको 'बजार' परिवार वा समुदायमा स्वीकार्य हुँदैन भन्ने अवधारणा स्यामुयलको हो। 

प्रेस्टिज इक्विलिब्रियम धरासायी भएमा समाजमा धेरै किसिमको क्षति हुन्छ, किनभने यसले समाजले प्रयोग गर्ने 'क्रिटिकल स्किल' को सर्वमान्य सम्झौता भत्काउँछ। किन र कसरी भेनेजुयलाको उदाहरण हेरे पुग्छ। 

सन् २००२ मा तत्कालीन राष्ट्रपति हुगो चाभेजको लेफ्ट विङले पपुलिस्ट भाषण दिने क्रममा राष्ट्रिय तेल कम्पनी पिडिभिएसएप्रति खनियो। कम्पनी पहिलेदेखि नै देशको स्वामित्वमा थियो त्यसैले राष्ट्रियकरण कुनै  सवाल थिएन। तर चाभेजका लागि समस्या केही थियो भने कम्पनीको 'मेरिटोक्रेसी कल्चर'। 

कम्पनीमा छिर्नका लागि कुनै पनि राजनीतिक कनेक्सनले काम गर्दैनथ्यो। कम्पनीले सबैभन्दा बढी महत्व ज्ञान र सिपलाई दिएको थियो जसले जटिल संस्थाको ब्यबस्थापन उम्दा हुन सकोस्। 

पिडिभिएसएमा छिर्नका लागि सामाजिक रुपमा बाधा कम थियो किनभने भेनेजुयलाको ५० वर्षको इतिहासमा विश्वविद्यालमा निशुल्क शिक्षा र विशेषगरी तेल सम्बन्धी विषयमा पढ्न बिदेशमा राम्रो छात्रबृत्ती पनि थियो। यसैबाट 'मेरिट-बेस्ड' कामदारहरु लिन थालियो। यही संस्कृति उर्जा क्षेत्र, केन्द्रीय बैंक, विश्वविद्यालय तथा अन्य संस्थाहरुमा पनि लागू भयो। 

पपुलिस्ट हुनका लागि चाभेजले जब ज्ञानलाई महत्व दिने विषयमाथि धावा बोले तब कम्पनीको  मेरिट कल्चरमाथि दबाब बढ्यो। यसैकारण कम्पनीका सारा कामदार हडतालमा उत्रिए।

परिणामस्वरुप कम्पनीका १८ हजारभन्दा बढी कामदार अर्थात् ४० प्रतिशतभन्दा बढी कामदार र अधिकांश उच्च तहको ब्यबस्थापन तह जागरिबाट निकालिए। नतिजा तेल उद्योग धरासायी भयो। बिस्तारै ती सबै संस्थाहरुमा यसको असर पर्यो जहाँ विज्ञताभन्दा राजनीति प्रधान भयो। यही कारणले भेनेजुयलालाई गम्भीर मोडमा पुर्यायो जुन भेनेजुयला आज हामी देखिरहेका छौं। 

यसको शिक्षा स्पष्ट छ। आजको आवश्यकताका रुपमा रहेको प्रविधि र बिज्ञतालाई राजनीतिक प्राथमिकताका लागि लत्याउनु हरेक देशका लागि खतरापूर्ण छ। 

तर विज्ञता हासिल गर्न लामो समय र लगानी पर्ने हुँदा नागरिकका लागि यो सहजै उपलब्ध हुन्छ भन्न सकिँदैन। यसलाई दीगो बनाउने भनेकै 'प्रेस्टिज मार्केट' अर्थात प्रतिष्ठाको बजारले हो। बिज्ञहरु आफ्नो ज्ञान बाँड्न उदार र राष्ट्रप्रति समर्पित भएमा मात्र सर्वसाधारणले उनीहरुको बिज्ञता प्राप्त गर्न सक्छन्। 

यसबापत समाजले पनि उनीहरुको स्ट्याटस अनुसार उनीहरुलाई सुहाउँदो पद उपलब्ध गराएर 'पे-ब्याक' गर्छ। 

पपुलिज्मको बिकल्प भनेको यस्तो प्रवन्ध हो जहाँ विज्ञहरुले आधिकारिक रुपमा समाजको मनोबल बढाउनका लागि साहस देखाउँछन्। यस्तो सेनाका अधिकारी, प्राज्ञिक ब्यक्तित्व र डाक्टरहरुले गर्दै आएका छन्। 

प्राविधिक प्रगति र स्वस्थ समाज विकासलाई एक आपसमा जोड्नका लागि पनि चुस्त 'प्रेस्टिज मार्केट' आवश्यक छ। 


(हालै मात्र भेनेजुयलाका अन्तरिम राष्ट्रपति जुआन गुआइडोबाट इन्टर अमेरिकन डेभलपमेन्ट बैंकका गभर्नरका रुपमा नियुक्त गरिएका रिकार्डो हौसम्यान भेनेजुयलाका पूर्व योजना मन्त्री हुन्। हार्वर्ड विश्वविद्यालमा अर्थशास्त्रका प्रोफेसर हौसम्यान विश्वविद्यालको सेन्टर फर इन्टरनेशनल डेभलपमेन्टका निर्देशक समेत हुन्।)


Share this Story

   

राज्यको 'पपुलिस्ट' नीतिले कसरी 'प्रोफेसनल' लाई किनारा लगाउँछ? भेनेजुयलाबाट सिक्नु पर्ने पाठ  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.