ओरियन्टल होटल नाफा २६ करोड ३४ लाख रुपैयाँ, होटल पुनर्निमार्ण गर्न ४९ करोड ६६ लाख रुपैयाँ ऋण




काठमाडौं। ओरियन्टल होटलले नौ महिनामा २० करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा ६.३२ प्रतिशतले नाफा बढाएको हो। गत वर्षको यहि अवधिमा होटलले १९ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको वित्तीय अवस्था थाहापाउन यहाँ क्लिक गर्नुस्

Sunrise Bank
Sipradee

आम्दानीको तुलनामा खर्च धेरै हुँदा होटलको नाफामा उल्लेख्य सुधार हुन नसकेको हो। गत वर्षको तुलनामा होटलको खर्च १० प्रतिशतले बढेर ५६ करोड ६९ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यहि अवधिमा होटलको खर्च ५१ करोड ३४ लाख रुपैयाँ थियो।

होटलले गत वर्षको भन्दा १४ प्रतिशतले ऋण घटाएको छ। होटलको ४९ करोड ६६ लाख रुपैयाँ ऋण तथा बरोइङ रहेको छ। हाल ७५ वटा कोठा थप्ने काम गरिरहेको छ। यसका लागि पनि होटलले ऋण लिएको थियो। यसका साथै होटलले ९० करोड लागतमा स्तरबृद्धिका लागि पुनर्निर्माणका साथै नयाँ भवन थप्न सुरु गरेको छ।

गत वर्ष १५ प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी एक अर्ब ७ करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै जगेडा कोषमा एक अर्ब ८ करोड रुपैयाँ जम्मा गरेको छ। पूँजी बृद्धि सँगै प्रतिशेयर आम्दानी दुई रुपैयाँले घटेर २५ रुपैयाँ छ।

विवरण (रु.०००)

ओरियन्टल होटल

बृद्धि (%)

चैत २०७५

चैत २०७४

नाफा

207,455.68

195,115.70

6.32

आम्दानी

876,161.04

812,680.86

7.81

अन्य आम्दानी

64,738.78

49,359.56

31.16

खर्च

566,931.89

513,413.67

10.42

ऋण तथा बरोइङ

496,671.39

581,803.14

-14.63

चुक्ता पूँजी

1,074,371.84

934,236.39

15.00

जगेडा कोष

1,081,425.85

1,023,926.96

5.62

प्रतिशेयर आम्दानी

25.75

27.85

-2.1

 


Share this Story

   

ओरियन्टल होटल नाफा २६ करोड ३४ लाख रुपैयाँ, होटल पुनर्निमार्ण गर्न ४९ करोड ६६ लाख रुपैयाँ ऋण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.