नेपाल बैंकको किन भयो १८ करोड रुपैयाँको कारोबार? बैंकले खराव कर्जा सल्टाउन थाल्यो

बिजमाण्डू
२०७६ बैशाख १२ गते १७:०६ | Apr 25, 2019
नेपाल बैंकको किन भयो १८ करोड रुपैयाँको कारोबार? बैंकले खराव कर्जा सल्टाउन थाल्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल बैंकले खराव कर्जालाई सल्टाउदै नाफामा उल्लेख्य सुधार गर्दैछ भन्ने चर्चाले दोस्रो बजारमा लगानीकर्ता आकर्षित भएका छन्। चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा नेपाल बैंकले ८५ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। कुल कर्जामध्ये खराव कर्जा मात्रै २.७४ प्रतिशत रहेको छ।

बिस्तृत वित्तीय अवस्था हेर्न यहाँ क्लिक गर्नुस्

बैंकले तेस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ। बैंकको एउटा कारोबार ५२ सय ९० कित्तासम्मको भएको छ। प्राय कारोबार बल्कमा भएको छ।

चालु बर्ष नै बैंकले लाभांस दिने चर्चा भएको थियो। तर कर्मचारीको दायित्व ब्यवस्थापन नगरेको भन्दै राष्ट्र बैंकले रोकेको थियो। यसपाली भने बैंकले खराव कर्जा उठाउँदै गएका कारण लाभांस बाँड्न सक्ने चर्चा पनि छ। बैंकले गत बर्षको एजिएम अर्को साता गर्दैछ।

बैंकमा हाल प्रमुख कार्यकारी अधिकृत पद खाली छ। खालिरहेको पदमा राजनीतिक नियुक्तीभन्दा पनि खुला प्रतिस्पर्धाबाट ब्यवसायिक बैंकरलाई नियुक्त गर्ने तयारी गरिरहेको छ। त्यही कारण पनि बजारमा त्यसको प्रभाव देखिएको छ। सरकारी स्वामित्वको बैंक भएकाले राजनीतिक पहुँच भएका व्यक्तिहरु प्रमुख कार्यकारी बनाउने प्रचलनलाई तोड्ने विषयले पनि दोस्रो बजारमा लगानीकर्ताको मनोविज्ञान उच्च बनाएको हो।

बिहीबार दोस्रो बजारमा नेपाल बैंकको अधिकतम १८ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ। पछिल्ला दिनमा दोस्रो बजारमै नेपाल बैंकको अधिकतम कारोबार हुँदै आएको छ। कारोबार रकमसँगै बैंकको शेयर मूल्य पनि बढिरहेको छ।

विगत २१ वर्षेदेखि लाभांस दिन नसकेको बैंकले आगामी वर्षमा बम्पर बोनस दिने आँकलन सँगै अधिकतम कारोबार हुँदै आएको छ। हाल बैंकको जगेडा कोषमा १९ अर्ब रुपैयाँ रहेको छ। तेस्रो त्रैमाशिक वित्तीय विवरणपछि कोष अझै बढ्ने छ।

बैंकले गत साउनमा एफपिओ निष्काशन गर्दा पुर्ण रुपमा बिक्री हुन सकेको थिएन। बिक्रि नभएको एफपिओ अण्डर राइटरले उठाउनु परेको थियो। अण्डर राइटरले खरिद गरेको शेयर दोस्रो बजारमा बिक्री गर्दा केहि महिनादेखि ओभर सप्लाइ हुँदै आएको थियो।

ओभर सप्लाइले गर्दा बैंकको शेयर मूल्य बढ्न सकेको थिए। अण्डर राइटरको फण्ड सकिएसँगै दोस्रो बजारमा नियमित कारोबार सुरु हुँदा कारोबार रकम र मूल्य दुबै बढेको हो। दुई महिनाको अवधिमा बैंकको शेयर मूल्य ३३ रुपैयाँले बढेको छ।