बेलायतमा दुईवटा सुपरमार्केट मर्जको निर्णय खारेज, उपभोक्ताको छनौंटको अवसर गुम्ने जिकिर

रासस
२०७६ बैशाख १२ गते १५:०२ | Apr 25, 2019


लन्डन। बेलायतको प्रतिस्पर्धा एवं बजार प्राधिकरणले दुईवटा सुपरमार्केट गाभिने (मर्जर) निर्णयलाई बिहीबार खारेज गरिदिएको छ।

Tata
GBIME
Nepal Life

सामानको मूल्य बढ्ने र उपभोक्तालाई छनौटको अवसर गुम्ने भन्दै प्राधिकरणले विशाल सुपरमार्केट कम्पनीहरु सेन्सबरीज र वाल्मार्टको स्वामित्वमा रहेको आस्डाबीचको मर्जर रोकेको जनाएको छ । सेन्सबरीज बेलायतको दोस्रो तथा आस्डा तेस्रो ठूलो सुपरमार्केट हो । प्राधिकरणको निर्णयसँगै दुबै कम्पनीले सम्झौता रद्द गरेको जनाएका छन् ।

प्राधिकरणको अन्तिम अध्ययन प्रतिवेदनमा सेन्सबरीज–आस्डा मर्जरले सामानको मूल्य बढ्ने, अनलाइन सपिङ र पेट्रोलको मूल्यवृद्धि हुने उल्लेख छ । दुबै कम्पनीबीच मर्ज गरी बेलायतको पहिलो स्थानमा रहेको टेस्कोभन्दा ठूलो कम्पनी हुने योजना थियो । सेन्सबरीका प्रमुख कार्यकारी माइक कुपले उपभोक्तालाई अझ सस्तोमा सामान उपलब्ध गराउने उद्देश्यले दुई कम्पनीलाई मर्ज गर्न लागिएको दाबी गरे ।