१० प्रतिशत शेयर जारी गर्न डिसहोमलाई साधारणसभाले दियो स्वीकृति, अध्यक्षमा ढकालको निरन्तरता

बिजमाण्डू
२०७६ बैशाख १२ गते ०९:२५ | Apr 25, 2019
१० प्रतिशत शेयर जारी गर्न डिसहोमलाई साधारणसभाले दियो स्वीकृति, अध्यक्षमा ढकालको निरन्तरता

काठमाडौं। डिस मिडिया नेटवर्कको ९औं बार्षिक साधारण सभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। अध्यक्ष हेमराज ढकालले कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव गरेका थिए।
 
साधारण सभाले यसअघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ। संचालक समितिको अध्यक्षमा ढकाल नै चयन भएका छन्।

Tata
GBIME
Nepal Life

नियामक निकायसँग छलफल गरेर शेयर जारी गर्ने प्रकृयामा डिसहोम रहेको छ। कम्पनीले आफ्नो ब्यापार बिस्तारका लागि पूँजी जोहो गर्न साधारण शेयर जारी गर्न लागेको जनाएको छ।

कम्पनीले साधारण शेयर प्रिमियममा जारी गर्ने नगर्ने बारे प्रष्ट पारेको छैन।