शेयर बजारमा बाउन्स ब्याक, नेप्से सूचक करिब सात महिना अघिको विन्दुमा फर्कियो

बिजमाण्डू
२०७६ बैशाख ११ गते १६:४३ | Apr 24, 2019


काठमाडौँ। करिव २० अंकको वृद्धिसँगै शेयर बजार करिब सात महिना अघिको बिन्दुमा फर्किएको छ।बुधबार कारोबार मापक सूचकसँगै कारोबार रकममा समेत उल्लेख्य सुधार देखिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १९.१४ अकले बढेर १२७९.२९ अंकमा उक्लिएको छ।सात महिना अघि गत असोज ९ गते सुचक १२८०.०५ अंकमा रहेको थियो। त्यस यता लगातार घटेको बजारले न्यूनतम बिन्दु ११००.५८ अंक छोएको थियो। ६ महिनामा बजारले गुमाएको १८० अंक पछिल्लो डेढ महिनामै पूर्ति भएको छ।

बुधबार १७२ कम्पनीको ३४ लाख कित्ता शेयर ९५ करोड रुपैयाँमा कारोबार भयो। सबै भन्दा बढि नेपाल बैकको ९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकमकै आधारमा ग्लोबल आएमइ बैक दोस्रो भएको छ। बैंकको ७ करोड  रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भयो।पछिल्लो समय बाणिज्य बैकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।

समग्र कारोबारमा बाणिज्य बैकको कारोबार मात्रै ५० प्रतिशत भन्दा बढि भएको छ। बुधबार कारोबारको पहिलो एक घण्टापछि बजारमा सुधार देखिएको थियो। १२६५.११ अंकबाट सुरु भएको बजार पहिलो एक घण्टा भने सामान्य अंकको गिरावटसँगै रातो देखिएको थियो।

१० समूहको कारोबारमा आठ समूहको उपसूचक बढेको छ। जलविद्युत र उत्पादनमूलक समूह घटेका छन्।सबैभन्दा बढि होटल समूह करिब चार प्रतिशत बढ्यो। उत्पादनमूलक समूह ०.१३ प्रतिशत घट्यो।