रुस्लानले सुरु गर्यो ‘हाम्रो रुस्लान’ अभियान, बिदेशिने र घर फर्कने विषयमा अर्थपूर्ण सन्देश दिने

बिजमाण्डू
२०७६ बैशाख ११ गते १२:५९ | Apr 24, 2019


काठमाडौं। रुस्लान भोड्काले हाम्रो रुस्लान नामको प्रचार अभियान सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

प्रचार अभियान बिदेशिने तथा घर फर्कने विषयमा केन्द्रित रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ४० वर्ष अघिदेखि रुस्लानले निर्वाह गर्दै आएको विरासतलाई उजागर गर्ने किसिमले प्रचार अभियान सुरु गरेको हो।

कम्पनीले तयार पारेको हाम्रो रुस्लान टिभिसिले जीवनको लागि अर्थपूर्ण सन्देश दिने र समयसँगै जीवनका अन्तरंग मूल्य मान्यताहरु परिवर्तन हुँदै जाने विषयलाई दर्शाएको छ।

यो मित्रता, स्वभाव, स्थिरता र प्रशंसनीय क्षणहरुका बारेमा तयार पारिएको हो। सबैभन्दा महत्व राख्ने व्यक्तिसँग साटासाट गर्ने खुशीका क्षणहरुलाई यसमा देखाइएको कम्पनीले जनाएको छ।