चार बैंक र एक बीमा कम्पनीमा चार सयभन्दा बढीलाई जागिरको अवसर, कुन बैंकले कति मागे?

बिजमाण्डू
२०७६ बैशाख ११ गते ११:१४ | Apr 24, 2019


काठमाडौं। चार वटा बैंक तथा एउटा बीमा कम्पनीले नयाँ तथा पुराना शाखा कार्यालयका लागि कर्मचारी आह्वान गरेका छन्। सिटिजन बैंकले ५० जना भन्दा धेरैको लागि जागिर खुला गरेको छ।

Tata
GBIME
Nepal Life

त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले १ सय ४६ जना, ज्योति विकास बैंकले ५४ जना, सिद्धार्थ बैंकले तीन मार्केटिङ हेड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ प्रदेशका ४७  भन्दा धेरै शाखा कार्यालयमा मार्केटिङ एक्जेक्युटिभ माग गरेको छ।

सिटिजन बैंक
सिटिजन बैंकले १५ वटा पदका लागि ५० जना भन्दा धेरै कर्मचारी माग गरेको छ। बैंकले प्रदेश स्तरिय म्यानेजरदेखि सुपरभाइजर पदका लागि कर्मचारी माग गरेको हो।

नयाँ सञ्चालमा आएका तथा पुराना गरी १५ वटा भन्दा धेरै शाखा कार्यालयहरुमा ब्रान्च म्यानेजर आह्वान गरिएको छ।

इच्छुक आवेदकले बैंकको वेवसाइट मार्फत विज्ञापन हेरेर अनलाइन आवदेन दिन सक्ने छन्। योग्यता पुगेका आवदेकले वैशाख १७ गतेसम्म आवदेन दिन सक्ने छन्।  

सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकले १ सय ४६ जना कर्मचारी माग गरेको छ। बैंकले ३५ जना ब्रान्च म्यानेजर, ३६ जना क्रेडिट इन्चार्ज, ३७ जना सेन्ट्रल अप्रेसनमा र ३८ जना ट्रेजरी हेडको लागि कर्मचारी आह्वान गरेको छ।

योग्यता पुगेका आवदेकले वैशाख २५ गतेसम्म आवदेन दिन सक्ने छन्।

ज्योति विकास बैंक
ज्योति विकास बैंकले ५४ जना कर्मचारी माग गरेको छ। बैंकले २० जना ब्रान्च म्यानेजर, २० जना रिलेसनसिप म्यानेजर, एक जना ट्रेनिङ एण्ड डेभलपमेन्ट हेड, एक जना ब्राण्डिङ हेड, एक जना रिसर्च अफिसर, दुई जना हाडर्वेयर एण्ड सफ्टवेयर डेभलपर, एक जना जुनियर प्रोग्रामर र ८ जना इन्टर्नल अडिट एसिस्टेन्स माग गरेको छ।

योग्यता पुगेकाले आवेदकले वैशाख २५ गतेसम्म अनलाइन मार्फत आवदेन दिन सक्ने छन्।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले तीन तहका मार्केटिङ प्रमुखका लागि कर्मचारी माग गरेको छ। बैंकले म्यानेजर, सिनियर म्यानेजर र एजिएम तहमा मार्केटिङ प्रमुखका लागि कर्मचारी आह्वान गरेको हो। योग्यता पुगेका आवदेकले वैशाख २० गतेसम्म अनलाइन आवदेन दिन सक्ने छन्।

महालक्ष्मी लाइफ इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले उपत्यका बाहिर तथा भित्रका लागि मार्केटिङ एक्जुकेटिभ माग गरेको छ। उक्त पदमा कम्पनीले सात प्रदेशका ४७ वटा शाखा कार्यालयमा कर्मचारी माग गरेको हो।

उपत्यका भित्रको लागि स्नातकोत्तर गरेको हुनु पर्नेछ भने उपत्यका बाहिरको लागि स्नातक गरेको भए पुग्नेछ। योग्यता पुगेका आवदेकले वैशाख १८ गतेसम्ममा आवदेन दिनु पर्नेछ।