धमाधम भइरहेको छ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम, तस्बीर समाचार

बिजमाण्डू
२०७६ बैशाख ११ गते ०९:१४ | Apr 24, 2019
धमाधम भइरहेको छ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम, तस्बीर समाचार


काठमाडौँ। बर्सातको समय शुरु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सधैँ एउटै चिन्ताले सताउँथ्यो, मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा कुनै समस्या पो आइहाल्छ कि ?

Tata
GBIME
Nepal Life

मनसुनको समयमा पानी पर्दा विमानस्थलको धावनमार्गको कालोपत्र उप्कने, धाँजा फाट्ने र जहाज उडान तथा अवतरणमा समस्या आउने कारण सबै भुक्तभोगी थिए। धावनमार्गमा समस्या आयो भने नेपाल आइरहेका जहाजलाई कता ‘डाइभर्ट गर्ने’ र आन्तरिक उडानका जहाजलाई कता अवतरण गराउने भन्ने चिन्तामा हुन्थे विमानस्थलका कर्मचारी।

धावनमार्ग मर्मतका लागि विमानस्थल कार्यालयले ‘द्रुत मर्मतकर्ता टोली तयारी अवस्थामा राखे पनि समस्या परी नै रहन्थ्यो । अब भने एक मात्र विमानस्थलले समस्याबाट मुक्ति पाउने भएको छ। अहिले रातको समय पारेर धमाधम विमानस्थल कालपत्रे गर्ने काम भइरहेको छ।

चैत १८ गतेदेखि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्णरुपमा मर्मत गर्ने काम सुरु भएको हो। विगत चार दशकदेखि सामान्य मर्मत गरेर सञ्चालनमा ल्याई राखिएको विमानस्थलको धावनमार्गको कालोपत्र पूर्णरुपमा फेरेर नयाँ राख्ने काम भएको हो।