बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल, निर्देशकमा लाल, अधिकारी र पन्त आए

बिजमाण्डू
२०७६ बैशाख १० गते २०:५९ | Apr 23, 2019
बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल, निर्देशकमा लाल, अधिकारी र पन्त आए


काठमाडौं। बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल नियुक्त भएका छन्। समितिको कार्यकारी निर्देशक पद २०७० असारदेखि खाली थियो।

Tata
GBIME
Nepal Life

विनोद अर्याल कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि यो पद खाली थियो। समितिको निमित्त कार्यकारीमा श्रीमान कार्की थिए। तर उनी असारमा अवकाश पाएसँगै निमित्त कार्यकारीमा पौडेलनै थिए।

समितिको पदपूर्ति समितिले कार्यकारी निर्देशक पदमा पौडेलसँगै निर्देशक, उपनिर्देशक र चार्टर्ड एकाउन्टेन्ट पदमा आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ती गरेको छ।

समितिले आन्तरिक खुला प्रतिस्पर्धाबाट निर्देशक पदमा दिनेशकुमार लाल, पूजन ढुङ्गेल अधिकारी र सुशीलदेव पन्तलाई नियुक्त गरेको छ। त्यस्तै समितिले सहायक उपनिर्देशक पदमा पुनम ज्ञवाली श्रेष्ठलाई नियुक्त गरेको छ। चार्टर्ड एकाउन्टेन्टमा सन्तोष कार्की नियुक्त भएका छन्।