लेवल्सले सुरु गर्यो अनलाइन प्लेटफर्म, एडिडास, लिभाइज र रिबोकका सामान अनलाइनमै किन्न पाइने

बिजमाण्डू
२०७६ बैशाख १० गते २०:३५ | Apr 23, 2019
लेवल्सले सुरु गर्यो अनलाइन प्लेटफर्म, एडिडास, लिभाइज र रिबोकका सामान अनलाइनमै किन्न पाइने


काठमाडौं। एडिडास, लिभाइज, रिबोक र फिटबिट ब्राण्डको अधिकृत विक्रेता लेवल्स स्टोर प्राइभेट लिमिटेडले मंगलबारबाट अनलाइनमार्फत उत्पादन बिक्री सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

ग्राहकले सहजै ब्राण्डेड सामान खरिद गर्न सक्ने वातावरण सिर्जना गर्ने उद्धेश्यले डिजिटल प्लेटफर्म सुरु गरेको कम्पनीका प्रवन्ध निर्देशक सञ्जीब तुलाधरले बताए। 'विश्वव्यापी रुपमा अनलाइन ट्रेन्ड सुरु भइसकेको छ। हामीले विक्री गर्दै आएको ब्राण्डेड सामान सहजै ग्राहक समक्ष पुर्‍याउने उदेश्यले लेवल्सको अनलाइन साइट संचालनमा ल्याइएको हो।' प्रवन्ध निर्देशक तुलाधरले भने।

कम्पनीले केही महिना भित्र लेवल्सको मोवाइल एप संचालनमा ल्याउन लागिएको कम्पनीकी बजार अधिकृत स्नेहा केयलले बताइन्। कम्पनीका अनुसार सुरुमा मुलुकका २२ वटा मुख्य शहरमा डेलिभरी सुविधा दिइएको छ। निकट भविष्यमा मुलुकको सबै क्षेत्रमा डेलिभरीको सुविधा दिइने योजना रहेको कम्पनीले बताएको छ।

कम्पनीको आधिकारीक साइटबाट सामान खरिद गर्ने काठमाडौं भित्रका ग्राहकलाई डेलिभरी चार्ज एक सय रुपैयाँ र काठमाडौं बाहिरका ग्राहकका लागिअधिक्तम दुई सय पचास रुपैयाँ डेलिभरी चार्ज राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार डिजिटल प्लेटफर्म सुरु भएको दुई महिना अवधिसम्म ग्राहकले डेलिभरी चार्ज रहित अनलाइनमार्फत सामान खरिद गर्न सक्नेछन्।  प्ल्याटफर्ममार्फत सामान खरिद गर्ने नियमीत ग्राहकहरुको लागि राखिएको 'लेवल्स क्वाइन'का माध्यमबाट ग्राहकहरुले हरेक खरिदमा छुट सहित आकर्षक अफर पाउन सक्ने कम्पनीले जनाएको छ।

१८ वर्षदेखि ब्राण्डेड जुत्ता विक्री गर्दै आएको कम्पनीको काठमाडौंभर १३ वटा आउटलेट रहेका छन्।