मेरो शेयरमा समस्या आएपछि सान्जेन र रसुवागढीको आवदेन दिने समय दुई दिन थपियो, माग भन्दा बढी आवेदन

बिजमाण्डू
२०७६ बैशाख १० गते १८:३१ | Apr 23, 2019
मेरो शेयरमा समस्या आएपछि सान्जेन र रसुवागढीको आवदेन दिने समय दुई दिन थपियो, माग भन्दा बढी आवेदन


काठमाडौं। नेपाल धितोपत्र बोर्डले रसुवगढी हाइड्रोपावर र सान्जेन जलविद्युत आयोजनाको प्राथमिक शेयरमा आवेदन दिने सयम दुई दिन थप गरिएको छ। मेरो शेयरमा अनलाईन आवेदन दिदा समस्या आएको भन्दै लगानीकर्ताले बोर्डमा गुनासो गरे पछि निष्काशन तथा बिक्री प्रवन्धक र सिडिएससीलाई दुई दिन समय थप्न निर्देशन दिएको छ। लगानी कर्ताले अव बैशाख १२ गते सम्म आवेदन दिन सक्नेछन्।

Tata
GBIME
Nepal Life

दुबै आयोजनाले निष्काशन गरेको प्राथमिक शेयरमा प्रयाप्त आवेदन परे पनि मेरो शेयरमा समस्या आएको गुसासोले गर्दा बोर्डले सयम थप गर्न निर्देशन दिएको हो। रसुवागढी हाइड्रोपावरका लागि माग भन्दा १.६८ गुणा बढि आवेदन परेको छ भने सान्जेनमा माग भन्दा २.५१ गुणा बढि आवदेन परेको छ। 

रसुवागढीका लागि दुई लाख ६६ हजार १९६ जना आवदेकले एक करोड ५७ लाख कित्ताको लागि आवदेन दिएका छन्। त्यस्तै सान्जेनका लागि दुई लाख ६३ हजार ५२४ जना आवेदकले एक करोड २५ लाख ४० हजार कित्ताको लागि आवदेन दिएका छन्।
 
रसुवागढीले सर्वसाधारणको लागि ९३ लाख २९ हजार कित्ता र सान्जेनले ४९ लाख ८२ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। यस अगाडि प्राथमिक शेयर निष्काशन गरेका अपर तामाकोशी तथा जलविद्युत लगानी तथा विकास कम्पनीमा पनि तीन लाख हाराहारीकै आवदेन परेको थियो। 

कुनै पनि आयोजनामा हिलेसम्म तीन लाख भन्दा बढी व्यक्तिले आवेदन दिएका छैनन्। रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीमा पनि पौने तीन लाख आवेदकले दुई गुणा बढी कित्ताको लागि आवेदन दिइसकेको अवस्थामा पनि नेपाल धितोपत्र बोर्डले समय थप गर्न निर्देशन दिएको हो।