नाफा ‘बुक’ गर्न खोज्दा पनि ‘पेनिक सेल’ भएन, कारोबार रकम ४० करोड रुपैयाँभन्दा बढिले झर्यो

बिजमाण्डू
२०७६ बैशाख १० गते १५:३१ | Apr 23, 2019
नाफा ‘बुक’ गर्न खोज्दा पनि ‘पेनिक सेल’ भएन, कारोबार रकम ४० करोड रुपैयाँभन्दा बढिले झर्यो


काठमाडौं। शेयर बजार करेक्सन हुन खोज्दा मंगलबार कारोबार रकम घटेको छ। पछिल्ला दिनमा एक अर्ब रुपैयाँभन्दा माथिको कारोबार हुँदै आएकोमा मंगलबार कारोबार रकम ६१ करोड ४१ लाख रुपैयाँमा खुम्चिएको हो। 

Tata
GBIME
Nepal Life

लगानीकर्ताले नाफा बुक गर्न खोज्दा मंगलबार शेयर बजारमा तीब्र उतारचढाव देखिएको छ। कारोबार सुरु भएको ३६ मिनेटसम्ममा ११.५ अंकले सुधार भए पनि त्यसपछि बजार विस्तारै ओरालो लाग्दा ७.९८ अंकसम्म झरेर रातो भएको थियो। अधिकांस समय थोरै अंकको सुधार र केहि समय बजार रातो देखिँदा कारोबार रकम खुम्चिएको हो। 

सोमबारको करेक्सनले पनि आज कारोबार रकम ह्वात्तै घटेको एक ब्रोकरले बताए। लगानीकर्ताले नाफा बुक गर्न खोजे पनि बजारमा पेनिक सेल नहुँदा अन्तिम समयमा सूचक ३.७४ अंकले सुधार भएको छ। 

नेप्से सूचक ०.३० प्रतिशतले सुधार भएर १२६०.६८ अंकमा रोकिएको छ। बाणिज्य बैंक, विकास बैंक, निर्जीवन बीमा, फाइनान्स र उत्पादन तथा प्रशोधनको उपसूच सुधार देखिए पनि बाँकी सूचक घटेका छन्। सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाको ४ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ। 

एभरेष्ट इन्स्योरेन्सको बढ्ने क्रममा सर्किट लाग्दा ३५ रुपैयाँले बढेको छ। घलेम्दी हाइड्रोपावरका शेयरधनीहरुले अधिकतम ४.७९ प्रतिशतले गुमाएका छन्। मंगलबार ६५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ वटा कम्पनीको घटेको छ।