बुक क्लोजपछि आकर्षित हुँदै लगानीकर्ता, एभरेष्ट इन्स्योरेन्सको दिनहुँ सर्किट, सिभिलको धेरै माग

बिजमाण्डू
२०७६ बैशाख १० गते १४:०३ | Apr 23, 2019


काठमाडौं। कम्पनीको हकप्रद तथा बोनस शेयरको मूल्य समायोजनपछिको मूल्यमा लगानीकर्ता आकर्षित देखिन थालेको छ। शेयर बजार बढ्न थालेसँगै सस्तो मूल्यमा शेयर पाउने भन्दै लगानीकर्ता आकर्षित देखिएका हुन्।

Tata
GBIME
Nepal Life

एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरको मूल्य समायोजन भएको मूल्यमा खरिदकर्ता आकर्षित हुँदा दिन दिनै सर्किट लाग्दै आएको छ। हकप्रदको बुक क्लोज अगाडि कम्पनीको मूल्य ९९० रुपैयाँ थियो। बुक क्लोजसँगै ३५४ रुपैयाँ कायम भएको हो।


बुक क्लोजसँगै कम्पनीको मूल्य तीनगुना घटेपछि दोस्रो बजारमा बढ्दो क्रममा सर्किट लाग्न थालेको हो। लगातार दुई दिन बढ्दो क्रममा सर्किट लाग्दा बजार मूल्य ३८९ रुपैयाँ पुगेको छ। सोमबार ७ वटा कारोबार मै सर्किट लागेको थियो।

मंगलबार भने ९ वटा मात्रै कारोबार हुँदा सर्किट लागेको हो। कम्पनी शेयरमा २२ हजार ४५५ कित्ताको डिमाण्ड देखिए पनि शेयर बिक्रीको लागि एक कित्ता पनि छैन।

त्यस्तै आज मात्रै बुक क्लोज भएको सिभिल बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। बैंकले १०.२५ प्रतिशत बोनस शेयरको बुक क्लोज गरेसँगै बजार मूल्य १५५ रुपैयाँमा झरेको थियो। मूल्य समायोजन पछि बैंकको शेयर ४ रुपैयाँले बढेर १५६ रुपैयाँ पुगेको छ।

बैंकको मार्केट डेप्थमा बायर तर्फ ३१ हजार कित्ता र सेलर तर्फ ३४ कित्ता रहेको छ। मंगलबार १०५ वटा कारोबार मार्फत ६० लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ। तीन महिनाको अवधिमा बैंकको न्युनतम मूल्य १४७ रुपैयाँ र अधिकतम १७१ रुपैयाँसम्म पुगेको थियो।