ग्रामीण विकास लघुवित्तको ५०% हकप्रद वैशाख २७ गतेदेखि,  पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्ने

बिजमाण्डू
२०७६ बैशाख १० गते १०:३१ | Apr 23, 2019
ग्रामीण विकास लघुवित्तको ५०% हकप्रद वैशाख २७ गतेदेखि,  पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्ने

काठमाडौं। ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। संस्थाले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो। 

Tata
GBIME
Nepal Life

चैत २८ गतेसम्म कायम शेयरधनीहरुका लागि जेठ ३० गतेसम्म हकप्रद निष्काशन हुने छ। संस्थाको हालको चुक्ता पूँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ। ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ। 

हकप्रद शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङमा संस्थाले ‘इक्रा एनपिआइपिओ ग्रेड चार’ प्राप्त गरेको छ। हकप्रद शेयर आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने अनुमति पाएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ। 

एनआइविएल एस क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट समेत आवेदन दिन सकिनेछ। त्यस्तै ग्रामिण विकास लघुवित्तका क्षेत्रिय स्तरका शाखा कार्यालयबाट समेत पाइनेछ।